काठमाडौँसहित विभिन्न स्थानमा ३ जना मृत भेटिए
बुधबार, ०६ चैत २०८१, १७ : १२
काठमाडौं। विभिन्न स्थानमा ३ जना मृतावस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौंको तीलगंगास्थित बागमती खोलामा अन्दाजी ४५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी सर्लाहीको बरहथवा नगरपालिका-१४ सैदपुरस्थित सडकको छेउमा रहेको पिपलको चौतारा मुनी पनि अन्दाजी ५० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी हुम्लाको सिमकोट गाउँपालिका-६ माथिल्लो गाउँ बस्ने ४८ वर्षीय देव सिंह रावत सोही गाउँपालिका-६ लाङलास्थित सडक नजिक बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
-
बजेट विवाद: मन्त्रीबाट मन्त्रीकै हुर्मत, विपक्षीको प्रशंसा
-
बेल्जियमको शानदार जित, अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश
-
दुर्गा प्रसाईंको आरोप– ‘सिंहदरबारको सिस्टम सरकारले नै बिगार्यो’
-
तीन वर्षदेखि विदेशी औषधि कम्पनीको निरीक्षण ठप्प
-
निमित्त कार्यालय प्रमुखसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण