नेपाल ल क्याम्पसमा निर्वाचन प्रक्रिया बढाउन माग गर्दै नेविसंघको रिले अनसन
बुधबार, ०६ चैत २०८१, १८ : ५४
काठमाडौँ। नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउन माग गर्दै नेविसंघ रिले अनसनमा बसेको छ।
चैत ५ गते हुनुपर्ने निर्वाचन नेपाल ल क्याम्पसमा अनिश्चित बनेको हो।
अनेरास्ववियुले फर्जी विद्यार्थी भर्ना गरेको भन्दै विवाद सिर्जना गरेपछि निर्वाचन अवरुद्ध भएको थियो । क्याम्पस प्रशासन एवं निर्वाचन समितिले हालसम्म निर्वाचन गराउन कुनै पहल नगरेको भन्दै नेविसंघले अनसन थालेको हो।
निर्वाचन गराउन कुनै पनि किसिमको औपचारिक संवाद गराउने वा नयाँ निर्वाचन तालिका सार्वजनिक गर्ने विषयमा क्याम्पस प्रशासनले तदारुकता नेदेखाएकाे नेविसंघको आरोप छ ।
निर्वाचन प्रक्रिया बढाउन माग सशक्त रूपमा राख्दै सम्बोधन नहुञ्जेल रिले अनसन सुरु गरेको नेविसंघले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण