'संविधान र गणतन्त्रमाथि छेडखानी गर्नु गलत'
बुधबार, ०६ चैत २०८१, २० : २८
निजगढ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र गणतन्त्रमाथि छेडखानी गर्न नहुने बताएका छन् ।
बाराको सिमरामा आयोजित सभामा अध्यक्ष दाहालले, ‘शान्ति सम्झौता वर्तमान संविधानको एउटा अङ्ग भएकोले संविधान र गणतन्त्रलाई छेडखानी गर्नु भनेको शान्ति सम्झौतालाई छेडखानी गर्नु भएको बताए ।
संविधानलाई विकास गर्न सकिने तर पछाडि फर्काउन नसकिने स्पष्ट पार्दै पूर्वप्रधानमन्त्री प्रचण्डले हुलाकी राजमार्गसँग माओवादी केन्द्र र आफ्नो भावनात्मक सम्बन्ध रहेको दावी गरे ।
उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया कुरामा मात्रै सीमित रहेको बताए । प्रचण्ड यसअघि स्थगन भएको तराई–मधेस जागरण अभियानलाई निरन्तरता दिन चितवन हुँदै सिमरा आएका हुन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण