एसईईमा बागमतीका १ लाख ८ हजारभन्दा बढी परीक्षार्थी सहभागी हुने, कुन जिल्लाबाट कति ?
हेटौँडा । बिहीबारदेखि सुरु हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) २०८१ मा बागमती प्रदेशबाट एक लाख ८ हजारभन्दा बढी विद्यार्थीहरू सहभागी हुने भएका छन् ।
प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका १३ जिल्लाबाट नियमित तथा ग्रेडबृद्धि गरी एक लाख ८ हजार २६५ जना विद्यार्थी एसईईमा सहभागी हुने भएका हुन् ।
जसमध्ये ५२ हजार ४९० जना छात्रा, ५५ हजार ७७३ जना छात्र र २ जना अन्य रहेका छन् । मन्त्रालयका अनुसार प्रदेशका १३ जिल्लामा ४३८ परीक्षा केन्द्रहरूको व्यवस्था गरी परीक्षा सञ्चालन हुने व्यवस्था गरिएको छ ।
मन्त्रालयका अनुसार प्रदेशमा सबैभन्दा धेरै काठमाडौँका ३९ हजार ३८२ जना र सबैभन्दा कम रसुवाका ५३३ जना विद्यार्थी एसईईमा सहभागी हुने छन् ।
यसैगरी भक्तपुरका ६ हजार ५९४, चितवनका १२ हजार ४६०, धादिङका ५ हजार ४६४, दोलखाका २ हजार ८३३, काभ्रेका ६ हजार ३९७, ललितपुरका १० हजार ५९९, मकवानपुरका ७ हजार ४८१, नुवाकोटका ४ हजार ६१४, रामेछापका २ हजार ७०४, सिन्धुलीका ५ हजार ७८१ र सिन्धुपाल्चोकका ३ हजार ४२३ जना विद्यार्थीले एसईईमा सहभागिता जनाउने भएका छन् ।
परीक्षालाई व्यवस्थित रूपमा सञ्चालन गर्न प्रदेश भरमा ४३८ जना केन्द्राध्यक्ष, ८२८ जना सहायक केन्द्राध्यक्ष, ५ हजार ४०५ जना निरीक्षक, एक हजार ९१ जना परीक्षा सहायक, २ हजार १५३ जना कार्यालय सहयोगीसहित ९ हजार ९१५ जना प्रशासनिक जनशक्ति परिचालन हुने भएका छन् ।
सामाजिक विकास मन्त्रालयका सचिव एवम् परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति बागमती प्रदेशका अध्यक्ष बद्रीनाथ गैरेले परीक्षालाई व्यवस्थित, अनुशासित मर्यादित र शान्तिपूर्ण रूपमा सञ्चालन गर्न सबै तयारी भइसकेको बताए । उनले परीक्षार्थीहरूको लागि भयरहित एवं मर्यादित वातावरणको सुनिश्चितता गर्न स्थानीय प्रशासन, स्थानीय तह, सञ्चारकर्मी, शिक्षकका पेशागत समुदाय, विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक, विद्यार्थीलगायत सम्पूर्णलाई आग्रह समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण