एसईईमा मकवानपुरबाट ६ जना कैदीबन्दी सहभागी
मकवानपुर । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मकवानपुरका ७ हजारबढी विद्यार्थी सहभागी भएका छन् । शिक्षा समन्वय इकाइ मकवानपुरका प्रमुख सुदिप गिरीका अनुसार आजबाट सुरु भएको एसईई परीक्षामा जिल्लाका सामुदायिक र संस्थागत गरी १३९ वटा विद्यालयका ७ हजार ४५६ जना विद्यार्थीले एसईईमा सहभागिता जाएका हुन् ।
उनका अनुसार ग्रेडबृद्धिका लागि साधारणतर्फ एकहजार ४९५ र प्राविधिक धारका ९६ जनाले एसईई परीक्षा दिएका छन् । भीमफेदी गाउँपालिकामा रहेको क्षेत्रीय कारागार भीमफेदीबाट ६ जना कैदीबन्दीले पनि यसवर्षको एसईई परीक्षा दिएका छन् । शिक्षा समन्वय इकाइ मकवानपुरका प्रमुख गिरीका अनुसार एसईई परीक्षामा भीमफेदी कारागारमा विभन्नि मुद्धामा कैद भुक्तान गरिरहेका ३ जना बन्दी र ३ जना कैदीले एसईई परीक्षामा सहभागिता जनाएका हुन् ।
कारागारका जेलर तिर्थराज पौडेलले एसईई परीक्षमा भीमफेदी कारागारमा रहेका सवारी ज्यान मुद्दा, जबरजस्ती करणी, डाँका, चोरी र लागूऔषध मुद्दाका ६ जनाले परीक्षा दिन लागेका हुन् ।
उनका अनुसार कैदीबन्दीहरुले हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ स्थित सिद्धार्थ माविबाट एसईई परीक्षाको लागि फाराम भरेको र परीक्षा भने कारागार भित्रैबाट दिने व्यवस्था गरिएको छ ।
जिल्लामा यसवर्ष गत वर्षभन्दा २ वटा परीक्षा केन्द्र थप गरी २८ वटा परीक्षा केन्द्र पुर्याइएको छ । गत वर्ष मकवानपुरमा २६ वटा मात्रै परीक्षा केन्द्र रहेका थिए । जिल्लाको कैलाश गाउँपालिकामा पहिलोपटक नामटारस्थित कालिका माविमा परीक्षा केन्द्र तोकिएको छ भने हेटौँडाको श्रमिक माविमा परीक्षा केन्द्र थप गरिएको प्रमुख गिरीले जानकारी दिए ।
एसईई परीक्षा सञ्चालनका लागि जिल्लामा २८ जना केन्द्राध्यक्ष, ५१ जना सहायक केन्द्राध्यक्ष, ३७४ निरीक्षक, ७६ परीक्षा सहायक, १५० कार्यालय सहयोगी र ४२० जना सुरक्षाकर्मी खटाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण