यसरी मनाइयो मुख स्वास्थ्य दिवस

काठमाडौँ । विश्व मुख स्वास्थ्य दिवस ‘स्वस्थ मुख : सकारात्मक सोच’ भन्ने नाराका साथ नेपालमा पनि मनाइएको छ ।
दाँत तथा मुख स्वास्थ्यको महत्त्व तथा आवश्यकतालाई जोड दिँदै हरेक वर्ष मार्च २० तारिखका दिन विश्व मुख स्वास्थ्य दिवस मनाउने गरिन्छ ।
तथ्याङ्क अनुसार ९० प्रतिशत बढी मानिस जीवनकालमा दाँत सड्ने, दाँतबाट रगत आउनेदेखि क्यान्सरसम्मका मुखका रोगबाट पीडित हुने गरेको पाइन्छ ।
दिवसका अवसरमा नेपाल डेन्टल एसोसिएसन लगायतका संस्थाहरूले काठमाडौँमा अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा दाँत तथा मुख रोग विशेषज्ञ एवं स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले दाँतमा समस्या आउँदा वा गिजा तथा मुखमा सङ्क्रमण हुँदा त्यसले अन्य असर समेत गर्ने भएकाले वर्षको ६–६ महिनामा मुख र दाँत परीक्षणको परीक्षण गराउनुपर्ने बताए ।
उनले अहिले मुख्य स्वास्थ्यका विषयमा मन्त्रालयले आवश्यक रणनीति बनाइएको जानकारी दिए । बुढाथोकीले स्वस्थ मुखका लागि आवश्यक जनचेतनामूलक कार्यक्रम गर्नुपर्नेमा जोड दिए ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मुख स्वास्थ्यलाई मुख एवं अनुहारको दुखाइ, मुख तथा घाँटीको क्यान्सर, मुखको सङ्क्रमण, जन्मँदै तालु तथा ओठ चिरेको, गिजासम्बन्धी रोग, दाँत किराले खाने तथा झर्ने, दाँतमा प्वाल पर्ने तथा अन्य मुखसम्बन्धी रोगबाट मुक्त हुने अवस्थाको रूपमा व्याख्या गरेको छ । नेपालमा दाँत किराले खाने, गिजाबाट रगत आउने, गिजा फुल्ने र पाक्ने, दाँत हल्लिने समस्या अधिकांशमा देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम हो : पूर्वराष्ट्रपति यादव
-
तीनकुने घटना : झण्डै ४७ करोड क्षति भएको प्रारम्भिक मूल्याङ्कन
-
पोखरामा खानेपानी अभाव, पानी माग्दै होटल सङ्घ पुग्यो संस्थान
-
शिक्षकका मुद्दा किनारा लगाउँछु भन्ने शिक्षामन्त्रीले एक्कासि किन दिइन् राजीनामा ?
-
‘रैथाने गाईको पञ्चगव्यमा आधारित उत्पादन’
-
इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी