यसरी मनाइयो मुख स्वास्थ्य दिवस
काठमाडौँ । विश्व मुख स्वास्थ्य दिवस ‘स्वस्थ मुख : सकारात्मक सोच’ भन्ने नाराका साथ नेपालमा पनि मनाइएको छ ।
दाँत तथा मुख स्वास्थ्यको महत्त्व तथा आवश्यकतालाई जोड दिँदै हरेक वर्ष मार्च २० तारिखका दिन विश्व मुख स्वास्थ्य दिवस मनाउने गरिन्छ ।
तथ्याङ्क अनुसार ९० प्रतिशत बढी मानिस जीवनकालमा दाँत सड्ने, दाँतबाट रगत आउनेदेखि क्यान्सरसम्मका मुखका रोगबाट पीडित हुने गरेको पाइन्छ ।
दिवसका अवसरमा नेपाल डेन्टल एसोसिएसन लगायतका संस्थाहरूले काठमाडौँमा अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा दाँत तथा मुख रोग विशेषज्ञ एवं स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले दाँतमा समस्या आउँदा वा गिजा तथा मुखमा सङ्क्रमण हुँदा त्यसले अन्य असर समेत गर्ने भएकाले वर्षको ६–६ महिनामा मुख र दाँत परीक्षणको परीक्षण गराउनुपर्ने बताए ।
उनले अहिले मुख्य स्वास्थ्यका विषयमा मन्त्रालयले आवश्यक रणनीति बनाइएको जानकारी दिए । बुढाथोकीले स्वस्थ मुखका लागि आवश्यक जनचेतनामूलक कार्यक्रम गर्नुपर्नेमा जोड दिए ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मुख स्वास्थ्यलाई मुख एवं अनुहारको दुखाइ, मुख तथा घाँटीको क्यान्सर, मुखको सङ्क्रमण, जन्मँदै तालु तथा ओठ चिरेको, गिजासम्बन्धी रोग, दाँत किराले खाने तथा झर्ने, दाँतमा प्वाल पर्ने तथा अन्य मुखसम्बन्धी रोगबाट मुक्त हुने अवस्थाको रूपमा व्याख्या गरेको छ । नेपालमा दाँत किराले खाने, गिजाबाट रगत आउने, गिजा फुल्ने र पाक्ने, दाँत हल्लिने समस्या अधिकांशमा देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण