नेकपा (बहुमत) काठमाडौँले घोषणा गर्यो सरकारविरोधी दस्ता
काठमाडौँ । नेकपा (बहुमत)को काठमाडौँ जिल्ला समितिले भ्रष्टाचार, वित्तीय शोषण र मानव बेचबिखन विरोधी दस्ता घोषणा गरेको छ । बिहीबार काठमाडौँको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी वर्तमान सरकार सबै किसिमका बेथितिको संरक्षक भएकोले आफूहरूले सरकारको विरुद्धमा संघर्ष छेड्ने उद्घोष गरेको हो ।
पत्रकार सम्मेलनमा काठमाडौँ जिल्ला इन्चार्ज सागर लिम्बुले वर्तमान सरकारले तमाम बेथितिविरुद्ध कदम चाल्नु पर्नेमा उल्टै संरक्षण गरेको आरोप लगाए । लिम्बुले त्यसतर्फ कसैले पनि ध्यान नदिएको बताउँदै भने, ‘केही दिनमै दस्ता भ्रष्ट तथा दलाहरुविरुद्ध खनिने छ, जसको सुरुवात हामीले गर्नेछौँ ।”
जिल्ला सेक्रेटरी दर्शन कुमार नेपालीले देशको राजधानी काठमाडौँमै सबैखाले बेथितिको जड भएकोले आफूहरूले दस्ताको निर्माण गरेको जानकारी दिए । सेक्रेटरी नेपालीले देशमा मौलाउँदै गइरहेको भ्रष्टाचार, वित्तीय शोषण, कालोबजारी, मानव बेचबिखन, सामाजिक असमानता, प्राकृतिक स्रोतसाधन माथिको व्यक्तिगत नियन्त्रण र अस्थिरता जस्ता विषयमा न्यायका पक्षधरहरूलाई एकताबद्ध गर्न सचेतपूर्ण संघर्ष र पहलकदमीको आवश्यकता रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण