नेप्से परिसूचक लगातार पाँचौँ दिन घट्यो, कारोबार साढे ४ अर्ब
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) आज पनि घटेको छ । साताभर घटेको बजार परिसूचकको गिरावटले आज पनि निरन्तरता पाएको हो । आज बजार परिसूचक १२.३८ अंकले घटेर २६६९.७६ अंकमा पुगेको हो । आज बजारमा ४ अर्ब ५६ करोड रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
बजारमा आज १७५ कम्पनीको मूल्य घटेको घट्दा ६२ कम्पनीको मूल्य बढेको छ । ७ कम्पनीको मूल्य स्थिर रहेको छ । आज बजारमा जीवन बीमा समूहमा सामान्य वृद्धि हुनु बाहेक अरू सबै परिसूचक घटेको छ । सबैभन्दा धेरै फाइनान्स समूहको सूचक १.३५ प्रतिशतले घटेको देखिन्छ ।
बजारमा आज मिथिला लघुवित्त र भूगोल इनर्जीको सेयर सर्किट लेभलमा घटेको छ । डोल्टी पावर कम्पनीको ७.४५ प्रतिशत वृद्धि नै आजको सबैभन्दा ठुलो वृद्धि रहेको छ । बजारमा आज नेपाल पुनर्बीमा कम्पनीको २८ करोड तथा हिमालयन पुनर्बीमा कम्पनीको २२ करोडको कारोबार हुँदा ती कम्पनीहरू सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा छन् ।
सबैभन्दा धेरै सेयर कारोबार घलेम्दी हाइड्रोको हुँदा सबैभन्दा धेरै पटक सेयर कारोबार हुने कम्पनी आज पनि गार्डियन लाइफ बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण