बीपी कोइराला अस्पतालकी लेखा अधिकृत घुस प्रकरणमा दोषी ठहर, एक वर्ष ६ महिना जेल
बिहीबार, ०७ चैत २०८१, १९ : ०५
काठमाडौँ । बीपी कोइराला मेमोरियल अस्पतालकी लेखा अधिकृत अमृता कोइराला घुस प्रकरणमा दोषी ठहर भएकी छन् ।
विशेष अदालतका न्यायाधीशहरु टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रामबहादुर थापाको संयुक्त इजलासले उनलाई दोषी ठहर गर्दै एक वर्ष ६ महिना कैद र ६ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको हो ।
कोइरालाले अस्पतालको औषधि आपूर्तिकर्ता एप्लस मेडिकोलाई दिनुपर्ने रकमको भुक्तानीको निकासाका लागि सञ्चालक नन्दलाल पोखरेलसँग घुस मागेको प्रमाणित भएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले डिजिटल फरेन्सिक परीक्षण गरी अडियो तथा भिडियो सामग्रीहरू सुरक्षित रहेको निष्कर्ष निकालेको थियो ।
कोइरालाको रातो रङको भेस्पा स्कुटरमा एक लाख ५० हजार र नारायणी डेभलपमेन्ट बैंकबाट रु ४ लाख ५० हजारको चेक कारोबार गरिएको भेटिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण