लेखा समितिद्वारा उजुरी छानबिन गर्न ७ वटा कार्यदल गठन, कुनमा कसको नेतृत्व ?
काठमाडौँ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले उजुरी छानबिन गर्न ७ वटा उपसमिति गठन गरेको छ । समितिका सदस्य सञ्जय गौतम नेतृत्वको उपसमितिले आफ्नो कार्यक्षेत्रभित्र पर्ने ४८ वटा उजुरीउपर छानबिन गर्न यस्तो सुझाव दिएपछि कार्यदल गठन गरिएको हो ।
त्यसमध्ये टेलिकम, दूरसञ्चार र टेलिभिजनसम्बन्धी उजुरी हेर्न मनिष झा नेतृत्वमा कार्यदल गठन गरिएको छ । त्यस्तै, अर्थ मन्त्रालय, गैरकानूनी बीमा, मोबाइल बैंकिङ र एमसीसी सम्बद्ध उजुरीका सम्बन्धमा छानबिन गर्न गोकुल बाँस्कोटा नेतृत्वमा कार्यदल बनाइएको छ ।
त्यस्तै, संस्कृति पर्यटन तथा नागरिक उड्डयन तथा परराष्ट्र मन्त्रालय सम्बद्ध उजुरीका लागि लेखनाथ दाहाल तथा विद्युत प्राधिकरण तथा सहरी विकास मन्त्रालयसम्बद्ध उजुरीको छानविनका लागि प्रेम आलेको नेतृत्वमा कार्यदल बनाइएको छ ।
सहकारी, वैदेशिक रोजगार तथा धितोपत्र सम्बन्धी उजुरी छानबिन गर्न सञ्जय गौतमको नेतृत्वमा कार्यदल बनाइएको छ । खेलकुद, नेपाल स्काउट र गैरकानूनी सरकारी जग्गासम्बन्धी उजुरी छानबिनका लागि देवप्रसाद तिमल्सिनाको नेतृत्व रहेको कार्यदल बनाइएको छ ।
त्यस्तै, स्वास्थ्य, क्रसर र केन्द्रीय अनुसन्धान व्युरोसम्बन्धी उजुरी छानबिनका लागि तारा लामाको नेतृत्व रहेको कार्यदल बनाइएको छ ।
बैठकले समितिमा प्राप्त भएका थप १६ उजुरी र आगामी दिनमा प्राप्त हुने उजुरीको स्क्रिनिङ गर्ने जिम्मा सञ्जय गौतम नेतृत्वको पुरानै समितिलाई दिएको छ । उक्त समितिले छानबिन गर्न सिफारिस गरेका उजुरीलाई कार्यक्षेत्रका आधारमा अहिले बनेका कार्यदलमै छानबिनका लागि पठाइनेछ ।
बैठकले पोखरा विमानस्थल, भैरहवा विमानस्थलमा भएको भ्रष्टाचार छानबिन गर्न बनाइएको समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण