विदेश रिलिजमा भ्रम छरिएको भन्दै ‘अञ्जिला’ ले निकाल्यो यस्तो विज्ञप्ति
काठमाडौँ । गतसाता रिलिज भएको नेपाली फिल्म ‘अञ्जिला’ ले नेपालमा राम्रै दर्शक पाइरहेको छ । दर्शक साथ र सकारात्मक प्रतिक्रिया पाइरहेको फिल्म विदेशमा पनि माग भैरहेको छ । तर, विदेश प्रदर्शनबारे सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाइरहेको भन्दै निर्माण पक्षले विज्ञप्ति निकालेको छ ।
निर्माता प्रेमकुमार श्रेष्ठ र निर्देशक मिलन चाम्सद्वारा जारी प्रेस विज्ञप्तिमा फिल्म हालसम्म जापान, कोरिया, क्यानडा, र हङकङ बाहेक अन्य कुनै पनि देशमा वितरण तथा प्रदर्शन नभएको स्पष्ट पारिएको छ । ‘अञ्जिला’ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म हो ।
फिल्मले कठिन पारिवारिक परिवेशबाट व्यावसायिक फुटबल खेलाडी बन्ने सपना बोकेर राजधानी छिरेकी एन्जिला तुम्बापो सुब्बाको प्रेरणादायी जीवनयात्रालाई देखाएको छ ।
मिलन चाम्सको निर्देशन रहेको फिल्ममा एन्जिलाको अलवा माओत्से गुरुङ, दयाहाङ राई, सुमिन गुरुङ, सुनिल थापा, बुद्धि तामाङ, विजय बराल, मञ्जु श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण