मुलुकको अर्थतन्त्रको सबलीकरणको दिशामा सरकार क्रियाशील छ : मन्त्री भण्डारी
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्दै मुलुकको अर्थतन्त्रको सवलिकरणको दिशामा क्रियाशील रहेको बताएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सरकारले उद्योग तथा व्यवसायको विकासका लागि तदारुकताका साथ काम गरिरहेको बताएका हुन् । उनले देशमा औद्योगिक तथा व्यवसायिक वातावरण सहज बनाउन आर्थिक क्षेत्रसँग सम्बन्धित करिव एक दर्जन बढी ऐनहरु संशोधन गरिएको उल्लेख गरे ।
उद्योग प्रतिष्ठानहरुको सञ्चालनमा थप सहजता ल्याई वस्तु तथा सेवाको उत्पादन बढाउने र उत्पादन लगात मूल्य प्रतिष्पर्धी बनाउने उद्देश्यले ऐनहरु संशोधन गरिएको मन्त्री भण्डारीको भनाइ छ । उनले राष्ट्रिय स्टार्टअप नीति २०८१ नेपाल सरकारबाट स्वीकृत भई स्टार्टअप कर्जा कार्यक्रम कार्यान्वयनमा आइसकेको समेत उल्लेख गरे ।
स्थानीय बजारको सुनिश्चितता तथा आन्तरिम रोजगारीको प्रवद्र्धन गर्न सरकार कटिवद्ध भएर लागिरहेको मन्त्री भण्डारीको जिकिर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण