२० वर्षपछि हराएका छोरा घर फर्किए, आमाको आँखामा खुसीका आँसु
सर्लाही । सर्लाहीको हरिपुर–७ पछगछियाका स्वर्गीय शिव नारायण पंजीयारका जेठा छोरा गोविन्द पंजीयार २० वर्षपछि घर फर्किएका छन् । २० वर्षअघि घर छोडी भारत गएका थिए उनी लामो समयसम्म परिवारसँग सम्पर्कमा नआउँदा उनको अवस्थाबारे कुनै जानकारी थिएन ।
यसबीचमा उनका पिता शिव नारायणको निधन भयो, तर यो खबर गोविन्दसम्म पुग्न सकेन । परिवारले बाबुको काजक्रिया समेत गरिसकेको थियो, जुन कुरा घर फर्किएपछि मात्रै उनले थाहा पाए ।
सानै उमेरमा साथीहरूको संगतमा भारत गएका गोविन्दले हिमाञ्चल प्रदेशमा यातायात क्षेत्रमा काम थाले । सहचालकका रूपमा काम सुरु गरेका उनले पछि चालकको रूपमा परिचय बनाए । भारतमै ‘राकेश खत्री’ नाम राखेर नयाँ जीवन सुरु गरेका गोविन्दले उतै विवाहसमेत गरे । उनी अहिले एक छोरीका पिता भइसकेका छन् ।
२० वर्षपछि अचानक घर फर्किँदा उनकी ५५ वर्षीया आमा आसा चन्दरको आँखामा खुसीका आँसु झरे । छोरो एकदिन फर्किएला भन्ने आशामा उनले विगत तीन वर्षदेखि सन्तोषी माताको व्रत बसिरहेकी थिइन् । शुक्रबार छोरो घर आइपुग्दा उनले भगवानले आफ्नो मनोकामना पूरा गरेको बताइन् ।
गोविन्दसँगै गाउँका अन्य तीन युवा पनि भारत गएका थिए, तर उनीहरू समयमै फर्किए । छोराको लामो बेखबर अवस्थाले आमाको मन चसक्क बिझाउँथ्यो । तर, आज २० वर्षपछि छोरो घर फर्किँदा सपना जस्तै लागेको आमा आसा चन्दर बताउँछिन् । अहिले गाउँमा उनलाई भेट्न आफन्त तथा छरछिमेकको घुइँचो लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण