चीन र भारतबाट १८ करोड बराबरको पापड आयात
शनिबार, ०९ चैत २०८१, ११ : ४६
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म (८ महिना) मा १८ करोड बराबरको पापड आयात भएको छ । सो अवधिमा ७ लाख ८६ हजार ४५७ किलो पापड १८ करोड ८२ लाख ५४ हजार रुपैयाँ बराबरमा आयात भएको भन्सार विभागले जनाएको छ ।
यसमध्ये भारतबाट १८ करोड ८२ लाख ३५ हजार रुपैयाँको ७ लाख ८६ हजार ३१४ किलो पापड आयात भएको हो । यस्तै चीनबाट १८ हजार रुपैयाँ बराबरको १४३ किलो पापड आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
सो परिमाणमा पापड आयात हुँदा १० करोड १३ लाख ३ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण