गाजामा नयाँ तनाव देखिनु ‘निराशाजनक’ : थाइल्याण्ड
बैङ्कक । गाजामा युद्ध पुनः भड्किनु ‘निराशजनक’ भएको बताउँदै थाइल्याण्डले एक थाइ नागरिकसहित बन्धकहरूको रिहाइको माग गरेको छ । गत जनवरी १९ मा भएको युद्धविरामपछिको शान्ति भङ्ग भएपछि इजरायलले मङ्गलबारदेखि युद्धग्रस्त क्षेत्रमा नयाँ आक्रमण सुरु गरेको छ ।
हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार गत जनवरीमा युद्धविराम लागू भएयताको अहिलेसम्मकै सबैभन्दा घातक आक्रमणमा परी ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । थाइल्याण्डको विदेश मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गाजा क्षेत्रमा शत्रुताको पुनरागमनप्रति थाइल्याण्ड निकै चिन्तित र निराश छ ।’
दक्षिणपूर्वी एसियाली राष्ट्रले सबै पक्षलाई पूर्ण संयम अपनाउन, शत्रुता अन्त्य गर्न र युद्धविराम र बन्धक सम्झौता कार्यान्वयनका लागि वार्ता पुनः सुरु गर्न आग्रह गरेको छ । थाइल्याण्डले गाजामा रहेका एक जना थाइसहित बाँकी बन्धकहरूको रिहाइ र दुई जना थाई नागरिकको शव फिर्ता गर्न माग गरेको छ ।
सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गर्दा ३१ जना थाईनागरिकको अपहरण गरिएको थियो, जसमध्ये २३ जनालाई सोही वर्षको अन्त्यसम्ममा रिहा गरिएको थियो भने मे महिनामा दुई जनाको मृत्यु भएको पुष्टि भएको थियो ।
जनवरीमा भएको युद्धविरामको एक भागको रूपमा फेब्रुअरीमा अपहरणमा परेका थप पाँच थाईहरू घर फर्केका थिए । एक थाई नागरिक अझै गाजामा जीवित रहेको विश्वास गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
-
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण