५ लाख ३० हजार आप्रवासीहरू बारेमा ट्रम्पले लिए ठुलो निर्णय
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्युबा, हैटी, निकारागुआ र भेनेजुएलाबाट आएका ५ लाखभन्दा बढी आप्रवासीहरूको अस्थायी कानुनी स्थिति रद्द गर्ने बताएको छ।
सङ्घीय सरकारले जारी गरेको सूचना अनुसार, कानुनी आधारबिना अमेरिकामा बसोबास गर्ने आप्रवासीहरूलाई उनीहरूको कार्य अनुमति र देश निकालाबाट सुरक्षा खारेज हुनुअघि देश छोड्न चेतावनी दिइएको हो।
बाइडेन प्रशासनको अधीनमा सीएचएनभी नामक कार्यक्रम अन्तर्गत ५, ३०,००० आप्रवासीहरूलाई अमेरिका ल्याइएको थियो। यो कार्यक्रम कानुनी बसाइसराइको बाटो खोल्नका लागि थियो। तर ट्रम्पले पदभार ग्रहण गरेपछि उनले कार्यक्रम स्थगित गरे।
यद्यपि, यो अवधिमा यी कति आप्रवासीहरूले अमेरिकामा कानुनी रूपमा बस्न अनुमति दिने अन्य कुनै कानुनी दर्ता प्राप्त गरेका छन् कि छैनन् भन्ने कुरा अझै स्पष्ट छैन।
यो कार्यक्रम पूर्व राष्ट्रपति जो बाइडेनले २०२२ मा सुरु गरेका थिए। पहिले यो भेनेजुएलाका जनताका लागि तयार पारिएको थियो, त्यसपछि पछि धेरै देशहरू यसमा सामेल भए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार गठनको सय दिन पूराः केके भए उपलब्धि ? (हेर्नुहोस् पूर्णपाठ)
-
शिक्षा तथा खेलकुद मन्त्रालयको १०० दिनः यी हुन् मुख्य कार्य र सुधारका प्रयासहरू
-
उद्योग मन्त्रालयको १०० दिने कार्यप्रगति विवरणमा केके छन् ?
-
मुख्यमन्त्री कार्यालयमा ‘कन्सल्टेन्ट मोह’
-
यस्तो छ ऊर्जा मन्त्रालयको सयदिने उपलब्धि
-
भोजपुर पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण