शनिबारदेखि पोखरामा ‘समानान्तर निटफेस्ट’
काठमाडौं । बुधबारदेखि काठमाडौंमा जारी तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (नेटफिस्ट)को समानान्तर महोत्सव शनिबारदेखि पोखरामा सुरु भएको छ । निटफिस्टको पहलमा पोखराको गन्धर्व थिएटर गैह्रापाटनमा आयोजना भएको महोत्सव १३ गतेसम्म चल्नेछ ।
पोखरा थिएटर आयोजक रहेको महोत्सवमा ५ देशका ६ नाटक मञ्चन हुँदैछन् । नेपाललगायत चीन, जापान, ट्युनिसिया र नर्वे नेपालको संयुक्त प्रस्तुतिमा तयार नाटकहरु देखाइने महोत्सवमा सांस्कृतिक झाँकी, सांस्कृतिक परेड, कार्यशाला र अन्तक्रियात्मक गतिविधिसमेत समेटिने पोखरा अन्तर्राष्ट्रिय नाट्य महोत्सव निर्देशक परिवर्तनले जानकारी दिए । निटफेस्ट र पोखरा थिएटरबीच पहिलो संस्करणदेखि नै सहकार्य सुरु भएको थियो ।
महोत्सवमा निटफेस्ट काठमाडौंमा प्रदर्शन हुने केही विदेशी नाटकहरु पोखरा अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा पनि मञ्चन हुनेछन् । निर्देशक परिवर्तनले भने, यो महोत्सव निटफेस्टकै प्रस्तावमा आयोजना गर्ने पहल गरेका हौं । काठमाडौंबाट निटफेस्ट आयोजकले विदेशी नाटकहरु पोखरा ल्याउने संयोजन गरिको र त्यसमा आफ्नै पहलमा यताका केही नेपाली नाटकहरु थपेको परिवर्तनको भनाई छ ।
महोत्सवका संयोजक केदार श्रेष्ठले भने, निटफेस्टले काठमाडौँ बाहिरका रंगकर्मीहरुसँग सहकार्य गरी समानान्तर महोत्सव गर्ने अभ्यास निटफेस्टको पहिलो संस्करणदेखि नै सुरु गरेको थियो । त्यसलाई दोस्रो संस्करणमा निरन्तरता दिन नसकिए पनि तेस्रो संस्करणमा फेरि काठमाडौँ बाहिर समानान्तर रुपमा महोत्सव अघि बढाएका हौं ।
यस पटक निटफेस्टले पोखरासँगै चितवन र बेलबारीका स्थानीय आयोजकहरुसँग सहकार्य गरी तीन सहरमा समानान्तर निटफेस्ट गर्न लागेकोसमेत उनले बताए। काठमाडौंमा जारी निटफेस्टको आज चौथो दिन हो । मण्डला थिएटरमा जारी महोत्सवमा आज इरानको एन्टिगोनी, लुथियाना र स्पेनको अराइभ्ड र चीनको चार्मिङ जिन्जु अ मञ्चन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राङ्गारिक उत्पादनलाई बजारीकरण गर्न बिक्री कक्ष
-
मौद्रिक नीति सार्वजनिक गर्न पत्रकार सम्मेलन बोलाइयो
-
सिंहदरबारमै ट्राफिक नियमको बेवास्ता, फुटपाथदेखि सडकसम्म जथाभावी पार्किङ (तस्बिरहरू)
-
‘अदालतजस्तो उजुरी मात्र पर्खेर नबसौं’
-
राष्ट्रिय सभामा मन्त्रीका सल्लाहकार भर्तीदेखि लोडसेडिङसम्मको उठ्यो मुद्दा
-
उत्पादन, उत्पादकत्व तथा रोजगारी वृद्धिका लागि सरकार क्रियाशीलः उद्योगमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण