महायज्ञको नाममा घर भत्काइएका दीपकको परिवारद्वारा जाहेरी दर्ता, गाउँपालिका अध्यक्षसहित तीन आरोपी
सिरहा । सिरहाको औरहीमा महायज्ञका नाममा दलित परिवारलाई विस्थापित गरेको घटनामा पीडित परिवारले जातीय भेदभावविरुद्ध जाहेरी दर्ता गराएका छन् ।
दलित अगुवासहित पुगेका औरही गाउँपालिका–५ का पीडित दिपक मलिकले जिल्ला प्रहरी कार्यालय, सिरहामा जातिय भेदभाव तथा छुवाछुत सम्बन्धी कसुरमा जाहेरी दर्ता गराएका हुन् ।
पीडित मलिकले दिएको जातीय भेद्भाव तथा छुवाछुतसम्बन्धी कसुरको जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । पीडितले गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलिप यादव र बजरंगी बाबालाई प्रतिवादी बनाएर जाहेरी दर्ता गराएका हुन् ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ४ को उपदफा (३) बमोजिम जाहेरी दरखास्त दर्ता भएको औरहीका स्थानीयसमेत रहेका राष्ट्रिय दलित आयोगका पूर्वसदस्य कबुली पासवानले जानकारी दिए ।
उनका अनुसार जाहेरीमा प्रतिवादीहरूले पीडित परिवारमाथि जातीय छुवाछूत गरेको, घर तोडफोड गरी विस्थापन गरेको भन्दै कानुनबमोजिम कारबाही र क्षतिपूर्तिको माग गरेका छन् । पीडित परिवारको जाहेरी प्राप्त भएसँगै कानुनी कारबाही प्रक्रिया अघि बढेको सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए ।
महायज्ञ गर्ने भनिएको स्थानमा रहेको दिपकको घर फागुन १० मा अछूत भन्दै बजरंगी बाबाको निर्देशनमा गाउँपालिका अध्यक्ष यादव, पूर्ववडाध्यक्ष दिलीप यादवले डोजर लगाएर भत्काइदिएका थिए ।
घटनामा संलग्न गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई शुक्रबार साँझमात्रै प्रहरीले पक्राउ गरेको थियो । तर बजरंगी बाबा फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण