इजरायलद्वारा लेबनानमा आक्रमण, एक जनाको मृत्यु
शनिबार, ०९ चैत २०८१, २० : ३४

तेल अभिभ । इजरायलले दक्षिणी लेबनानमा रहेको हेजबुल्लाहका अड्डाहरूमा आक्रमण गर्न थालेको छ। यी स्थानहरूबाट इजरायलमा रकेट आक्रमण भएपछि बदला स्वरूप कारबाही सुरु गरेको इजरायलले जनाएको हो ।
गत वर्ष नोभेम्बरमा इजरायल र लेबनानबीच युद्धविराम भएको थियो । त्यस यता लेबनानबाट इजरायलमाथि गरिएको यो पहिलो आक्रमण हो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लेबनानमा ‘आतंकवादी लुक्ने दर्जनौँ ठाउँहरू’ मा सशक्त आक्रमण गर्न सेनालाई आदेश दिएको बताएका छन् ।
अर्कोतर्फ, लेबनानको सरकारी समाचार एजेन्सीले इजरायली आक्रमणमा एक जनाको मृत्यु भएको जनाएको छ । यसअघि इजरायली सेनाले लेबनानबाट प्रहार गरिएका तीनवटा रकेटलाई विफल पारेको बताएको थियो । यस आक्रमणमा कुनै हताहतको समाचार छैन । एजेन्सी