इजरायलद्वारा लेबनानमा आक्रमण, एक जनाको मृत्यु
शनिबार, ०९ चैत २०८१, २० : ३४
तेल अभिभ । इजरायलले दक्षिणी लेबनानमा रहेको हेजबुल्लाहका अड्डाहरूमा आक्रमण गर्न थालेको छ। यी स्थानहरूबाट इजरायलमा रकेट आक्रमण भएपछि बदला स्वरूप कारबाही सुरु गरेको इजरायलले जनाएको हो ।
गत वर्ष नोभेम्बरमा इजरायल र लेबनानबीच युद्धविराम भएको थियो । त्यस यता लेबनानबाट इजरायलमाथि गरिएको यो पहिलो आक्रमण हो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लेबनानमा ‘आतंकवादी लुक्ने दर्जनौँ ठाउँहरू’ मा सशक्त आक्रमण गर्न सेनालाई आदेश दिएको बताएका छन् ।
अर्कोतर्फ, लेबनानको सरकारी समाचार एजेन्सीले इजरायली आक्रमणमा एक जनाको मृत्यु भएको जनाएको छ । यसअघि इजरायली सेनाले लेबनानबाट प्रहार गरिएका तीनवटा रकेटलाई विफल पारेको बताएको थियो । यस आक्रमणमा कुनै हताहतको समाचार छैन । एजेन्सी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण