नेपालबाट हटिसकेको राजतन्त्र फर्किने सम्भव छैन- घनश्याम भुसाल
बुटवल । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले राजनीतिले सही दिशा लिन नसक्दा पुनर्उत्थानवादी शक्तिहरू सलबलाएका बताएका छन् ।
पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता र उनको समर्थनमा भएका प्रदर्शनलाई लक्षित गर्दै अब त्यस्ता शक्तिलाई निस्तेज पार्न राजनीतिक हस्तक्षेपको आवश्यकता रहेको भुसालले बताए ।
पार्टीको रुपन्देही १० औँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई शनिबार बुटवलमा सम्बोधन गर्दै महासचिव भुसालले नेपालबाट राजतन्त्र हटाइसकेकाले यो फर्किएर आउन सम्भव नरहेको बताए।

उनले कुशासन र बेरोजगारी समस्याका कारण पुनर्उत्थान र पपुलिस्ट शक्तिहरूको स्वर चर्को भएको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसतर्फ सचेत रहन आग्रहसमेत गरे । उनले अबको संकटबाट बाहिर निस्कन प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो दम्भ र घमण्ड छोड्नुपर्ने बताए ।
आफ्नो पार्टीले मुलुकमा भएको अस्तव्यस्ताबाट बाहिर निकाल्न र गणतन्त्रको रक्षाका लागि चैत १ गते आन्दोलनको कार्यक्रम घोषणा गरेको उनले जानकारी दिए । त्यसैका आधारमा राष्ट्रिय ऐजेन्डामा आउन पनि उनको आग्रह छ ।
यस्तै कार्यक्रममा पार्टीका उपमहासचिव मेटमणि चौधरीले संविधान रक्षाका लागि आफूहरूले एमालेबाट विद्रोह गरेको बताए । उनले अहिलेको राजनीति पनि आफूहरूको पार्टीकै वरिपरि घुमेको बताए ।
यस्तै सचिव तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले नेपाली विशेषताको समाजवादको कार्यक्रम ल्याउने पहिलो पार्टी नै आफूहरूको भएको बताए ।
अधिवेशन उद्घाटन सत्रमा पार्टीका पोलिटब्युरो सदस्यहरू नन्दलाल बन्जाडे, रमा घर्ती, अब्दुल खाँन, केन्द्रीय सदस्य लक्ष्मी भुसाल, मोहम्मद अब्दुलले आफूहरूको एजेन्डा ठीक भएकाले एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।
आइतबार बन्द सत्र हुने कार्यवाहक अध्यक्ष श्रीराम यादवले जानकारी दिए । आइतबारको बन्दसत्रमा सांगठिकलगायत विभिन्न प्रतिवेदन र प्रस्तावमाथि छलफल गरी नयाँ नेतृत्व चयन हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण