पोखरामा एनएसएलको ट्रफी प्रदर्शन
पोखरा । तेस्रो संस्करणको एनसेल नेपाल सुपर लिग (एनएसएल) को ट्रफी शनिबार पर्यटकीय राजधानी पोखरामा अनावरण एवं प्रदर्शन गरिएको छ ।
पोखरा थन्डर्स एफसीको व्यवस्थापनमा पोखराका ५ ठाउँमा ट्रफी प्रदर्शन गरिएको हो । पुम्दीकोट शिव मन्दिर, शान्ति स्तूप, पोखरा रंगशाला, बेगनास ताल र सृजनाचोकस्थित एनसेल सेन्टरमा ट्रफी प्रदर्शन गरिएको पोखरा थन्डर्सका व्यवस्थापक घनश्याम थापाले जानकारी दिए । उनका अनुसार फेवाताल किनार र विन्ध्यवासिनी मन्दिरमा आइतबार बिहान ट्रफी प्रदर्शन गरिने छ ।

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले प्रदर्शनमा लैजानुअघि ट्रफी अनावरण गरेका थिए । धनगढी, बुटवल, झापा, चितवनमा अनावरण एवं प्रदर्शनपछि ट्रफी पोखरा ल्याइएको हो ।

पोखरापछि ललितपुर र काठमाडौँमा ट्रफी प्रदर्शन गरिने आयोजक नेपाल स्पोट्र्स एन्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ । लिग आगामी चैत १६ देखि वैशाख १३ सम्म हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण