पोखरामा एनएसएलको ट्रफी प्रदर्शन

पोखरा । तेस्रो संस्करणको एनसेल नेपाल सुपर लिग (एनएसएल) को ट्रफी शनिबार पर्यटकीय राजधानी पोखरामा अनावरण एवं प्रदर्शन गरिएको छ ।
पोखरा थन्डर्स एफसीको व्यवस्थापनमा पोखराका ५ ठाउँमा ट्रफी प्रदर्शन गरिएको हो । पुम्दीकोट शिव मन्दिर, शान्ति स्तूप, पोखरा रंगशाला, बेगनास ताल र सृजनाचोकस्थित एनसेल सेन्टरमा ट्रफी प्रदर्शन गरिएको पोखरा थन्डर्सका व्यवस्थापक घनश्याम थापाले जानकारी दिए । उनका अनुसार फेवाताल किनार र विन्ध्यवासिनी मन्दिरमा आइतबार बिहान ट्रफी प्रदर्शन गरिने छ ।
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले प्रदर्शनमा लैजानुअघि ट्रफी अनावरण गरेका थिए । धनगढी, बुटवल, झापा, चितवनमा अनावरण एवं प्रदर्शनपछि ट्रफी पोखरा ल्याइएको हो ।
पोखरापछि ललितपुर र काठमाडौँमा ट्रफी प्रदर्शन गरिने आयोजक नेपाल स्पोट्र्स एन्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ । लिग आगामी चैत १६ देखि वैशाख १३ सम्म हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री पन्तको शपथ अपरान्ह ४ बजे
-
एयरपोर्ट छानबिन रिपोर्टको परकम्प: पोखरा रङ्गशालाको छानबिन गर्न दबाब
-
खेलस्थल र प्रायोजक सम्बन्धी विवादका कारण साफ च्याम्पियनसिप फुटबल स्थगित
-
शशांकको चियापानमा इतर समूहका भन्दा संस्थापनका धेरै नेता, देखिएनन् शेखर र सुजाता
-
घाइते क्रिकेटर सिद्धान्तको उपचारमा क्यानले उपलब्ध गरायो ५ लाख आर्थिक सहयोग
-
कर्णालीमा मन्त्रालय पुनर्संरचनाः मन्त्रीले काम गर्न नसकेपछि छानियो विज्ञ