मेयर कप भलिबलको उपाधि षडानन्दलाई
टक्सार । ‘दोस्रो मेयर कप आमन्त्रित अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता’को उपाधि षडानन्द नगरपालिकाले जितेको छ । फाइनलमा षडानन्दले रामप्रसाद राई गाउँपालिकालाई ३–० सेटले पराजित गरेको हो ।
षडानन्दले पहिलो सेट २५-२३ अङ्कले, दोस्रो सेट २५-१७ अङ्कले तथा तेस्रो सेट २५-२२ अङ्कले जितेको हो । सेमिफाइनल खेलमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरलाई पराजित गर्दै षडानन्द नगरपालिका तथा भोजपुर नगरपालिकालाई हराउँदै रामप्रसाद राई गाउँपालिका फाइनलमा प्रवेश गरेका हुन् ।
भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा सञ्चालित उक्त प्रतियोगिताको विजेताले एक लाख २० हजार तथा उपविजेताले ६० हजार पुरस्कार प्राप्त गरे । यस्तै, तेस्रो र चौथो हुने टोलीले ३० हजार पुरस्कार प्राप्त गरे । प्रतियोगितामा सर्वोकृष्ट खेलाडी षडानन्दका विष्णु बस्नेत घोषित भए । उत्कृष्ट स्पाइकर रामप्रसाद राई गाउँपालिकाका रोमन बस्नेत, उत्कृष्ट सेटर रामप्रसाद राई गाउँपालिकाकै मनोज घिमिरे तथा उत्कृष्ट सर्भर षडानन्द नगरपालिका समिप श्रेष्ठ भए ।
आयोजक जिल्ला भलिबल सङ्घका महासचिव सङ्ग्राम किरातीका अनुसार प्रतियोगितामा नेपाली सेनाको भोजपुरस्थित श्रीनयाँ श्रीनाथ गण, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, अरुण गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका र रामप्रसाद राई गाउँपालिका सहभागी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण