मणिपालमा राष्ट्रियस्तरको क्विज प्रतियोगिता हुँदै
पोखरा । मणिपाल शिक्षण अस्पतालमा शुक्रबार राष्ट्रियस्तरको क्विज प्रतियोगिता हुने भएको छ । शुक्रबार बिहान ८ बजेदेखि मणिपाल शिक्षण अस्पतालको धन्वन्तरी हलमा 'The Quiz Odyssey – MeLeSoN Inter-College Forensic Medicine Quiz Season 3' आयोजना हुन लागेको हो ।
नेपालका सबै मेडिकल कलेजका विद्यार्थीहरूको सहभागिता रहने राष्ट्रियस्तरको उक्त प्रतियोगिता Medicolegal Society Nepal (MeLeSoN) द्वारा प्रत्येक वर्ष सञ्चालन हुँदै आएको छ ।
प्रतियोगिताले विद्यार्थीहरूमा फरेन्सिक मेडिसिनसम्बन्धी ज्ञान अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने प्रतियोगिता आयोजना समितिमा रहेका डा. सुधीर रमन पराजुलीले जानकारी दिए ।
कार्यक्रमको तयारी तीव्र गतिमा रहेको र सम्पूर्ण मेडिकल कलेजका विद्यार्थीहरूको सहभागिता रहने उनको भनाइ छ । प्रतियोगितामा प्रथम,द्वितीय र तृतीय स्थान हासिल गर्न सफल सहभागी टिमलाई क्रमश: रु २५,००० रु १५,००० रु १०,००० को व्यवस्था गरिएको छ। करिब १५ मेडिकल कलेजका १०० भन्दा बढी मेडिकल विद्यार्थीहरू कार्यक्रममा सहभागी हुने पराजुलीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण