समर्थक सिधै विराट कोहलीनजिक पुगेपछि आईपीएलको सुरक्षामा प्रश्न
काठमाडौँ । इन्डियन प्रिमियर लिगको १८ औँ संस्करणमा रोयल च्यालेन्जर्स बेंगलुरु र कोलकाता नाइट राइडर्सबिच उद्घाटन खेल खेलिएको थियो । उद्घाटन खेलमा बेंगलुरुले कोलकातालाई सात विकेटले हराएको थियो ।
उद्घाटन खेल कोलकातास्थित ईडेन गार्डेन्स रंगशालामा खेलिएको थियो । आईपीएलको उद्घाटन खेलमा खेलाडीको सुरक्षाको विषयलाई लिएर आयोजकले कमजोरी गरेको आरोप लगाइएको छ । क्रिकेट विश्लेषकहरुले आईपीएलमा खेलाडीको सुरक्षा व्यवस्था बलियो बनाउन सुझाव पनि दिएका छन् ।

खासमा, बेंगलुरु र कोलकाताबिचको खेलमा क्रममा एक समर्थक सुरक्षाकर्मीको आँखा छल्दै मैदानभित्र छिरेका थिए । कोलकाताले दिएको एक सय ७५ रनको लक्ष्य पछ्याउँदै बेंगलुर जवाफी ब्याटिङमा ओर्लिएको थियो ।
बेंगलुरुका लागि ओपनर विराट कोहली ब्याटिङ गर्दै थिए । एक्कासी सुरक्षाकर्मीको आँखा छल्दै एक समर्थक दौडिएर मैदानभित्र प्रवेश गरे । ती समर्थकले सिधै विराट कोहलीनजिक पुगेर उनको खुट्टा समाएका थिए ।
त्यसपछि अम्पायर र सुरक्षाकर्मीले मिलेर ती समर्थकलाई नियन्त्रणमा लिएका थिए । त्यो घटनापछि आईपीएलमा सुरक्षाको विषयलाई लिएर प्रश्न उठेको हो । उक्त खेलमा कोहलीले अविजित ५९ र अर्का ओपनर फिल साल्टले ५६ रन बनाएपछि बेंगलुरु सात विकेटले विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण