समर्थक सिधै विराट कोहलीनजिक पुगेपछि आईपीएलको सुरक्षामा प्रश्न

काठमाडौँ । इन्डियन प्रिमियर लिगको १८ औँ संस्करणमा रोयल च्यालेन्जर्स बेंगलुरु र कोलकाता नाइट राइडर्सबिच उद्घाटन खेल खेलिएको थियो । उद्घाटन खेलमा बेंगलुरुले कोलकातालाई सात विकेटले हराएको थियो ।
उद्घाटन खेल कोलकातास्थित ईडेन गार्डेन्स रंगशालामा खेलिएको थियो । आईपीएलको उद्घाटन खेलमा खेलाडीको सुरक्षाको विषयलाई लिएर आयोजकले कमजोरी गरेको आरोप लगाइएको छ । क्रिकेट विश्लेषकहरुले आईपीएलमा खेलाडीको सुरक्षा व्यवस्था बलियो बनाउन सुझाव पनि दिएका छन् ।
खासमा, बेंगलुरु र कोलकाताबिचको खेलमा क्रममा एक समर्थक सुरक्षाकर्मीको आँखा छल्दै मैदानभित्र छिरेका थिए । कोलकाताले दिएको एक सय ७५ रनको लक्ष्य पछ्याउँदै बेंगलुर जवाफी ब्याटिङमा ओर्लिएको थियो ।
बेंगलुरुका लागि ओपनर विराट कोहली ब्याटिङ गर्दै थिए । एक्कासी सुरक्षाकर्मीको आँखा छल्दै एक समर्थक दौडिएर मैदानभित्र प्रवेश गरे । ती समर्थकले सिधै विराट कोहलीनजिक पुगेर उनको खुट्टा समाएका थिए ।
त्यसपछि अम्पायर र सुरक्षाकर्मीले मिलेर ती समर्थकलाई नियन्त्रणमा लिएका थिए । त्यो घटनापछि आईपीएलमा सुरक्षाको विषयलाई लिएर प्रश्न उठेको हो । उक्त खेलमा कोहलीले अविजित ५९ र अर्का ओपनर फिल साल्टले ५६ रन बनाएपछि बेंगलुरु सात विकेटले विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साईग्रेस पोखरेलको पुस्तक ‘द स्टोरीटेलर’
-
इन्स्पेक्टरलाई ‘सचेत’ गराउने निर्णय, पैसा लिएको जवानले स्वीकारेनन्
-
स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
-
चैते धानले उचित मूल्य नपाएको गुनासोपछि कृषि र उद्योगमन्त्रीबिच छलफल, आवश्यक पहल गर्ने निर्णय
-
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्चको अल्पकालीन अन्तरिम आदेश
-
भारतको पटाका फ्याक्ट्रीमा भीषण विस्फोट : ४ महिलाको मृत्यु, ९ घाइते