भुपेन्द्रा बुढा स्मृति क्यापिएन सी-क्यापको शुभारम्भ बडीगाड गाउँपालिकाबाट हुने
काठमाडौँ । आम नेपाली महिलाहरूले पाठेघरको मुखमा हुने क्यान्सर बाट भोग्नु परेको दुर्ग पीडालाई मलहम लगाउने सोच र सङ्कल्पका साथ ७ स्थानीय तहमा भुपेन्द्रा बुढा स्मृति क्यापिएन सी-क्याप अभियान हुने भएको छ । जसको शुभारम्भ चैत्र २१ गते गण्डकी प्रदेशको बागलुङ जिल्ला बडीगाड गाउँपालिकाबाट हुने भएको छ ।
स्वास्थ्य साक्षरता र निःशुल्क स्वास्थ्य शिविर मार्फत पुथा उत्तरगङ्गा गाउँपालिका, रुकुम पूर्व, बडीगाड गाउँपालिका, बागलुङ, अन्नपूर्ण गाउँपालिका, म्याग्दी, पचालझरना गाउँपालिका, कालिकोट, पटेर्वा सुगौली गाउँपालिका, पर्सा, सिगास गाउँपालिका, बैतडी र गौमुल गाउँपालिका, बाजुराका दश हजार महिलाहरू लाभान्वित हुने बताइएको छ ।
पुथा उत्तरगङ्गा गाउँपालिका, रुकुम पूर्वकी उपाध्यक्ष स्व भुपेन्द्रा बुढा कल्प इम्पावर वेमेन नेपालद्वारा आयोजित नेपाली महिला जनप्रतिनिधिहरुको सुकर्मलाई संचार गर्ने अभियान शी लिड्स आइकनको पहिलो संस्करणमा १४० आवेदक मध्ये निर्णायक मण्डलबाट छनोटमा परेकी थिइन् । तर विसं २०८१ साल भाद्र २८ गते, एक सडक दुर्घटनामा उनको निधन भएको थियो ।
उनको त्यो अटल साहसको मुत्युपरान्त सम्मान स्वरुप आम नेपाली महिलाहरूले पाठेघरको मुखमा हुने क्यान्सर बाट भोग्नु परेको दुर्ग पीडालाई मलहम लगाउने सोच , सङ्कल्प नै यस अभियानको जननी रहेको कल्प इम्पावर वेमेन नेपालकी अध्यक्ष पूजा कोइरालाले जानकारी दिइन् ।
पाँच वटा प्रदेशका सात वटा स्थानीय तहमा हुने यो अभियानमा “किशोरी समूह गठन, स्वास्थ्य गाउँ साक्षरता र निःशुल्क स्वास्थ्य शिविर हुने छ उक्त अभियानलाई थप प्रभावकारी बनाउनका निम्ति ‘सामाजिक अभियान दूत’ को रूपमा नायिका एलिजा गौतमलाई नियुक्त गरेको छ।
कल्प इम्पावर वेमेन नेपाल युवा समूहको नेतृत्वमा रहेको सामाजिक संस्था हो । जसले राजनीतिमा महिला, महिला स्वास्थ्य, उद्यमशीलता र किशोरी सशक्तिकरणको मुद्दामा वकालत तथा अनुसन्धानको काम गर्दै सामाजिक रुपान्तरणमा सहयोग गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण