महालक्ष्मी विकास बैंकको अभियानमा सहभागी २ जना विजेता घोषित, विदेश घुम्ने अवसर
काठमाडौँ । महालक्ष्मी विकास बैंकले डिजिटल बैंकिङको प्रवर्धन तथा डिजिटल भुक्तानीको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य अनुरूप सञ्चालन गरेको ‘नेपाल दसैँ अभियान २०२४’ को विजेताहरू घोषणा गरिएको छ ।
डिजिटल भुक्तानीको माध्यमहरूबाट कारोबार गराउने तथा उपलब्ध डिजिटल भुक्तानीका माध्यमहरूको अधिकतम प्रयोग होस् भन्ने उद्देश्य अनुरूप सञ्चालन गरिएको अभियान अन्तर्गत महालक्ष्मी भिसा कार्ड मार्फत कारोबार गरेका विजेताहरू घोषणा गरिएको हो ।
विजेताहरु क्रमशः नारायण कार्की र सन्तोष ध्वज कार्की रहेका छन् । यस अन्तर्गत विजेताहरुहरुले माल्दिभ्सको बाली वा श्रीलंकाको कोलम्बो मध्ये कुनै एक स्थानको विशेष भ्रमण गर्ने अवसर प्राप्त गर्नेछन् ।
नेपालभर बाट उक्त अभियानमा ग्राहकहरूको उल्लेख्य सहभागिता रहेको थियो । यस किसिमको अभियान बाट ग्राहकहरूको नवीनतम भुक्तानीका माध्यमहरूको प्रयोग गर्ने चाहानालाई थप अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण