महालक्ष्मी विकास बैंकको अभियानमा सहभागी २ जना विजेता घोषित, विदेश घुम्ने अवसर

काठमाडौँ । महालक्ष्मी विकास बैंकले डिजिटल बैंकिङको प्रवर्धन तथा डिजिटल भुक्तानीको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य अनुरूप सञ्चालन गरेको ‘नेपाल दसैँ अभियान २०२४’ को विजेताहरू घोषणा गरिएको छ ।
डिजिटल भुक्तानीको माध्यमहरूबाट कारोबार गराउने तथा उपलब्ध डिजिटल भुक्तानीका माध्यमहरूको अधिकतम प्रयोग होस् भन्ने उद्देश्य अनुरूप सञ्चालन गरिएको अभियान अन्तर्गत महालक्ष्मी भिसा कार्ड मार्फत कारोबार गरेका विजेताहरू घोषणा गरिएको हो ।
विजेताहरु क्रमशः नारायण कार्की र सन्तोष ध्वज कार्की रहेका छन् । यस अन्तर्गत विजेताहरुहरुले माल्दिभ्सको बाली वा श्रीलंकाको कोलम्बो मध्ये कुनै एक स्थानको विशेष भ्रमण गर्ने अवसर प्राप्त गर्नेछन् ।
नेपालभर बाट उक्त अभियानमा ग्राहकहरूको उल्लेख्य सहभागिता रहेको थियो । यस किसिमको अभियान बाट ग्राहकहरूको नवीनतम भुक्तानीका माध्यमहरूको प्रयोग गर्ने चाहानालाई थप अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अतृप्ति
-
बुद्ध एयरका कार्यकारी अध्यक्ष बस्नेतको ‘बाई द बुक’ विमोचन
-
यस्तो छ आइतबार बस्ने राष्ट्रियसभा बैठकको कार्यसूची
-
पाकिस्तानी प्रधानमन्त्रीद्वारा कश्मीर घटनाको विश्वसनीय र तटस्थ अन्तर्राष्ट्रिय अनुसन्धानको लागि आह्वान
-
वामदेव गौतमसँगको भेटपछि सूर्य थापा भन्छन्– प्युठानको विकासका लागि समझदारी थालेका छौँ
-
पाटन संयुक्त क्याम्पसमा स्ववियु निर्वाचन (तस्बिरहरु)