विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा प्रभातफेरी
काठमाडौं । विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकले ‘वाक फर वाटर, वाक फर लाइफ’ नाराका साथ प्रभातफेरी कार्यक्रम (वाकाथन) सम्पन्न गरेको छ। सिद्धार्थ बैंकले दिवसको अवसरमा पहिलो पटक यो कार्यक्रम आयोजना गरेको हो ।
सिद्धार्थ बैंकले दिगो विकासका लक्ष्यलाई आत्मसात गर्दै आफ्नो बैंकिङ कारोबार तथा प्रक्रियालाई सोही अनुरुप गर्दै आएको छ । यसै क्रममा बैंकले पर्यावरणीय, सामाजिक तथा सुशासन मान्यताहरुलाई अवलम्बन गरी वित्तीय सेवामा दिगोपन सुनिश्चित गर्न विविध नीति तथा कार्यक्रमहरु समेत लागू गरिसकेको छ ।
हरित वित्त, आधुनिक डिजिटल बैंकिङ तथा सामाजिक उत्तरदायित्वका पहलहरुमार्फत वित्तीय पहुँच विस्तार गर्न सदैव तत्पर रहेको बैंकले जनाएको छ । यसैगरी पुनर्नवीकरणीय उर्जा, वातावरणमैत्री लगानी तथा जिम्मेवार बैंकिङ अभ्यासलाई प्राथमिकता दिँदै दिगो आर्थिक बृद्धिमा योगदान पुर्याउन पनि बैंक प्रतिवद्ध रहेको जारी प्रेस नोटमा उल्लेख छ ।
संयुक्त राष्ट्र सङ्घले सन् १९९३ देखि हरेक वर्ष २२ मार्चमा विश्व पानी दिवस मानउँदै आएको छ । यस दिवसको उद्देश्य दिगो विकास लक्ष्य अन्तर्गत 'सबैका लागि पानी र सरसफई सुनिश्चित गर्न योगदान पुर्याउनु हो । यस अवधिमा पानीको महत्वबारे जनचेतना फैलाउने विभिन्न अभियानहरु सञ्चालन गरिन्छ । यस क्रममा बैंकले आफ्नो दिगो बैंकिङ्ग उद्देश्यलाई थप सार्थक बनाउन र जनमानसमा पानीको महत्वको बारे जनचेतना फैलाउनका वाकाथन कार्यक्रम आयोजना गरेको बैंकको भनाइ छ ।
यस वर्षको विश्व पानी दिवसको मुल एजेण्डा हिमनदी संरक्षण रहेको छ । कार्यक्रम उद्घाटन गर्ने क्रममा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले नेपालजस्तो हिमाली मुलुकमा हिमनदीहरु पग्लिनु गम्भीर समस्या भएको बताउँदै यसको संरक्षणलाई राष्ट्रिय अन्तर्राष्ट्रिय मुद्दाका रुपमा अघि बढाउनु पर्ने धारणा राखे । उनले पृथ्वीको तापमान बृद्धिसँगै हिमनदीहरु पग्लिँदा पानीको प्राकृतिक चक्र नै प्रभावित भई विभिन्न संकट उत्पन्न भइरहेको बताए ।
बैंकले आयोजना गरेको स ५ कि.मी. लामो प्रभातफेरी कार्यक्रम नक्साल नारायणचौरबाट हात्तीसार, पुतलीसडक, बागबजार, रत्नपार्क, जमल, दरबारमार्ग, गैरिधारा हुँदै पुनः नक्सालसम्म आइ सम्पन्न भएको थियो । कार्यक्रममा बैंकका कर्मचारी लगायत विभिन्न सरोकारवालाहरु गरी ६५६ जना व्यक्तिहरुको सहभागिता रहेको थियो जसमध्ये ३९५ जना पुरुष र २६१ जना महिलाहरु थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण