नदीमा बेपत्ता भएका भारतीय नागरिक पाँच दिनपछि मृत भेटिए
आइतबार, १० चैत २०८१, १५ : ४४
बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको बगनासकाली गाउँपालिका वार्ड ५ कालीगण्डकी नदीमा नुहाउने क्रममा डुबेर पाँच दिनअघि बेपत्ता भारतीय नागरिक आइतबार मृत अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार भारतको उत्तर प्रदेश गोरखपुर घर भएका २५ वर्षीय शिवम् पाण्डे नुहाउने क्रममा बुधवार दिउँसोदेखि बेपत्ता भएका थिए । पाल्पाको बगनासकाली गाउँपालिका–५, राम्दी स्थित काली गण्डकी नदीमा नुहाउने क्रममा पाण्डेय बेपत्ता भएका पाण्डेको शव राम्दी घाटदेखि झन्डै एक किलोमिटर तल्लो भागमा बगेको अवस्थामा भेटिएको हो ।
पोखराबाट घुमेर घर फर्किएका पाण्डेसहित ४ जना काली गण्डकीमा नुहाउन गएकामा पाण्डेय डुबेर बेपत्ता भएको प्रहरीले बताएको छ । शवलाई जिल्ला अस्पताल पाल्पा पठाएको छ । प्रहरीले घटनाको बारे थप अनुसन्धान सुरु भएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण