गण्डकी प्रदेशलाई हराएपछि एपीएफ क्लबको अगाडि बढ्ने सम्भावना कायमै
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले फाइनलमा पुग्ने सम्भावना कायमै राखेको छ । एपीएफ क्लबले आइतबार खेलिएको खेलमा गण्डकी प्रदेशलाई ३१ रनले हराउँदै अगाडि बढ्ने सम्भावना जिवितै राखेको हो ।
हालसम्म सात खेल खेलेको एपीएफ क्लबले पाँच जित र दुई हारबाट १० अंक बटुलेको छ । एपीएफ क्लब तालिकाको तेस्रो स्थानमा आसिन छ । एपीएफ क्लबले अझै दुई खेल खेल्न बाँकी छ । सात खेलबाट १४ अंक जोडेको नेपाल पुलिस क्लब तालिकाको पहिलो स्थानमा छ ।
आठ खेलबाट १४ अंक बटुलेको अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब तालिकाको दोस्रो स्थानमा आसिन छ । प्रतियोगितामा सहभागी अन्य सात टोलीको भने फाइनलमा पुग्ने सम्भावना यसअघि नै समाप्त भइसकेको छ । भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको एपीएफ क्लबले ४९.२ ओभरमा अलआउट हुनुअघि दुई सय ५८ रन बनाएको थियो । जवाफमा गण्डकी प्रदेशले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय २७ रनमात्र बनाउन सक्यो ।
एपीएफ क्लबको जितमा आसिफ शेखले ८० रनको योगदान गरे । उनले केवल ७४ बलको सामना गरी एक छक्का र १० चौका पनि हिर्काए । अर्का ओपनर लोकेश बमले पनि टोलीका लागि ४६ रनको योगदान गरे । लोकेशले ५५ बलको सामना गरी ६ वटा चौका पनि हिर्काए । आसिफ शेख र लोकेश बमले ओपनिङ विकेटका लागि एक सय २५ रनको साझेदारी गरेका थिए । सुमित महर्जनले पनि टोलीको खातामा ३१ रन थपे ।
कमल ऐरीले २५ र अमर रौतेलाले २४ रन बटुले । भुवन कार्की १५ रन बनाउँदै पेभेलियन फर्किए । गण्डकी प्रदेशका बलर सन्दीप पराजुली र सुदीप अर्यालले तीन–तीन विकेट लिए । कमल परियारले पनि दुई विकेट हात पारे । जवाफी ब्याटिङ गरेको गण्डकी प्रदेशका लागि ओपनर अर्जुन कुमालले सर्वाधिक ३९ रन बनाए ।
दिनेश बुढामगरले ३४ रन जोडे । मुस्कान थापा र अमृत गुरुङले टोलीको खातामा २३–२३ रन थपे । सुदिप अर्याल २५ रनमा अविजित रहे । गण्डकी प्रदेशले अतिरिक्त रुपमा ३५ रन पायो । अतिरिक्त रुपमा पाएभन्दा बढी रन गण्डकी प्रदेशका एक ब्याट्सम्यानले मात्र बनाउन सके ।
एपीएफ क्लबका बलर अभिषेक गौतमले तीन विकेट लिए । अमर रौतेलाले पनि दुई विकेट हात पारे । भुवन कार्की, रोहित पौडेल र किशोर महतोले पनि एक–एक विकेट कुम्ल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण