एसईई परीक्षा हलबाट चिट चोर्न प्रयोग भएका ४६९ थान मोबाइल बरामद
काठमाडौँ । रौतहटमा चिट चोर्न प्रयोग भएका ४६९ थान मोबाइल बरामद भएको छ । माध्यामिक शिक्षा परीक्षा (एसईई) अन्तरगत आइतबारको परीक्षामा जिल्लाभरका विभिन्न केन्द्रबाट सो परिमाणमा मोबाइल बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार परीक्षार्थीहरूले आफ्नो शरीरमा मोबाइल लुकाई छिपाई परीक्षा हलभित्र प्रवेश गराएकोमा चेकजाँचको क्रममा सो मोबाइल बरामद भएको थियो ।
यसैगरी परीक्षा निरीक्षकको रूपमा खटी परीक्षा हलभित्र मोबाइल पास गराउने, परीक्षार्थीहरुलाई चिट चोर्न मद्दत गर्ने र प्रश्नपत्रमा भएको प्रश्नको उत्तर बोलेर लेखाई दिई परीक्षाको मर्यादा भङ्ग गर्ने २ जना गार्डहरू समेतलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको उनको भनाइ छ ।
यसअघि परीक्षाको दुई दिनमा पनि ७६४ थान मोबाइल गरिएको रायले बताए । सबै मोबाइल सेटहरू प्रहरीकै नियन्त्रणमा रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण