शिक्षकहरूको तालिमको मोडल परिवर्तन गर्दै शिक्षा मन्त्रालय

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूलाई प्रदान गर्दै आएको मोडल परिवर्तन गर्ने भएको छ । हाल प्रदान गर्दै आएको तालिमको मोडल अनुसार शिक्षकहरूलाई पर्याप्त नभएको ठहर गर्दै शिक्षा मन्त्रालयको उनीहरूलाई प्रदान गर्ने तालिमको मोडल परिवर्तन गर्न लागेको हो ।
त्यसका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई आवश्यक तयारी गर्न शिक्षा मन्त्रालयले निर्देशन दिएको छ । शिक्षा पत्रकार समूहले तयार पारेको प्रतिवेदन बुझ्न आयोजित कार्यक्रममा शिक्षामन्त्री विद्या भट्टराईले शिक्षकलाई प्रदान गर्दै आएको तालिमको मोडल परिवर्तन गर्न लागिएको बताइन् ।
तालिमका लागि बजेट पनि तल जान्छ । प्रदेशमा तालिम पनि हुन्छ । तर, तालिमको प्रभावकारिता छैन । तालिम परम्परागत मोडलका छन् । यो मोडल परिवर्तन गर्नुपर्छ भनेर शिक्षकहरूको सर्भे गरिरहेका छौँ । सर्भे पछाडि शिक्षकहरूसँग राष्ट्रियस्तरमा नेश्नल पोलिसी डायलग गर्छौ । त्यो डायलगपछि तालिमको मोडालिटीको छिनोफानो गर्छौ,’ मन्त्री भट्टराईले भनिन् ।
त्यो कामको सुरुवात गरिएको बताउँदै चाडै नै शिक्षकहरूलाई प्रदान गरिने तालिमको मोडालिटी तयार हुने बताइन् । अब शिक्षक भनेको शिक्षक नै हुनुपर्ने उनको भनाइ छ । पेसागत दायित्व पुरा गरेर अघि बढ्नुपर्ने बताउँदै अब राजनीतिकतिर भन्दा पनि आफ्नो जिम्मेवारीमा ध्यान दिन आग्रह गरिन् ।
शिक्षकहरूको चेतनालाई पेशासँग, ज्ञानलाई पेशासँग जोड्न खोजिएको बताइन् । पेसालाई मर्यादित बनाउन नसक्दासम्म समाजलाई प्रतिस्पर्धी बनाउन नसकिने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'टेक एण्ड पे' पीपीए संशोधनमा सरकार गम्भीर नभएपछि इप्पानले घोषणा गर्यो आन्दोलन
-
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वकार्यकारी निर्देशक ठाकुरसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कुलिङ पिरियड’ हटाउने चलखेलविरूद्ध अधिकांश दल, एक्लिँदै एमाले
-
सुदूरपश्चिमका सचिन र सुशील १६ वर्ष मुनिकाे राष्ट्रिय क्रिकेट टोलीमा समावेश
-
मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई ७ दिन हिरासतमा राख्न अनुमति
-
सुदूरपश्चिममा बजेटमाथिको छलफल असार १० गतेदेखि सुरू हुने