बाँकेमा ट्याङ्करले ठक्कर दिँदा दुई बालकको मृत्युः प्रहरी चौकीमा आगजनी
बुटवल । बाँकेको बेतहनीमा पानी बोक्ने ट्याङ्करले ठक्कर दिँदा दुई जना बालकको घटनास्थलमै मृत्यु भएको छ ।
डुडुवा गाउँपालिका–२ बेतहनी चोकमा भे १ ख ४१०७ नम्बरको ट्याङ्करको ठक्करबाट स्थानीय विशाल गोडिया र शिवकुमार गोडियाको मृत्यु भएको हो ।
स्थानीयबासीका अनुसार दुवै जना बेतहनीको नौरीगढी एकेडेमीमा एलकेजीमा अध्ययनरत थिए । स्कुलबाट फर्कँदै गर्दा बेतहनी चोकमा ट्याङ्करले उनीहरूलाई ठक्कर दिएको थियो । ठक्करबाट सुरुमा सडकमा लडेर चिच्याउँदै गर्दा ट्याङ्करले ब्याक गरेर मारेको स्थानीय बताउँछन् ।
घटनापछि स्थिति तनावग्रस्त बनेको र चालकलाई कारबाहीको माग गर्दै प्रहरी चौकी बेतहनी र ठक्कर दिने ट्याङ्करमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बाँकेमा सूचना अधिकारी यम बहादुर मल्लले रातोपाटीलाई बताए । उनले करिब दुई घण्टामा स्थिति नियन्त्रणमा आएको बताए ।
सो प्रहरीले दर्जनौँ सेल अश्रुग्याँस र हवाई फायर गरेको थियो । प्रहरीले चालकलाई लुकाएको भन्दै स्थानीयबासी आक्रोशित भएका थिए । प्रहरीका अनुसार दुवै जना अन्दाजी ९/१० वर्षका सहोदर दाजुभाइ हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण