बाँकेमा ट्याङ्करले ठक्कर दिँदा दुई बालकको मृत्युः प्रहरी चौकीमा आगजनी

बुटवल । बाँकेको बेतहनीमा पानी बोक्ने ट्याङ्करले ठक्कर दिँदा दुई जना बालकको घटनास्थलमै मृत्यु भएको छ ।
डुडुवा गाउँपालिका–२ बेतहनी चोकमा भे १ ख ४१०७ नम्बरको ट्याङ्करको ठक्करबाट स्थानीय विशाल गोडिया र शिवकुमार गोडियाको मृत्यु भएको हो ।
स्थानीयबासीका अनुसार दुवै जना बेतहनीको नौरीगढी एकेडेमीमा एलकेजीमा अध्ययनरत थिए । स्कुलबाट फर्कँदै गर्दा बेतहनी चोकमा ट्याङ्करले उनीहरूलाई ठक्कर दिएको थियो । ठक्करबाट सुरुमा सडकमा लडेर चिच्याउँदै गर्दा ट्याङ्करले ब्याक गरेर मारेको स्थानीय बताउँछन् ।
घटनापछि स्थिति तनावग्रस्त बनेको र चालकलाई कारबाहीको माग गर्दै प्रहरी चौकी बेतहनी र ठक्कर दिने ट्याङ्करमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बाँकेमा सूचना अधिकारी यम बहादुर मल्लले रातोपाटीलाई बताए । उनले करिब दुई घण्टामा स्थिति नियन्त्रणमा आएको बताए ।
सो प्रहरीले दर्जनौँ सेल अश्रुग्याँस र हवाई फायर गरेको थियो । प्रहरीले चालकलाई लुकाएको भन्दै स्थानीयबासी आक्रोशित भएका थिए । प्रहरीका अनुसार दुवै जना अन्दाजी ९/१० वर्षका सहोदर दाजुभाइ हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसरी निभ्यो वीरगञ्जको साम्प्रदायिक आगो
-
न्युयोर्कमा मिथिला ‘हेरिटेज कार्यशाला’
-
म्यानमारका भूकम्पपीडिलाई एनआरएनए थाइल्याण्डद्वारा राहत सहयोग हस्तान्तरण
-
२० वर्ष पुराना ट्याक्सी जफत सुरु, शुक्रबार ट्राफिकले समात्यो दर्जनभन्दा बढी ट्याक्सी
-
देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री
-
गभर्नर नियुक्तिमा ठूलो आर्थिक चलखेल हुँदैछ : वर्षमान पुन