समाचार
बिल नै नकाटी मदिरा बिक्री, राजश्व अनुसन्धानद्वारा साढे ५ करोडको मुद्दा
आइतबार, १० चैत २०८१, १९ : ५६
काठमाडौं । राजश्व अनुसन्धान विभागले कर छलीको आरोपमा एक फर्मविरुद्ध करिब साढे ५ करोडको मुद्दा चलाएको छ ।
विभागले काठमाडौंको कागेश्वरी मनोहरामा रहेको संस्कार ट्रेडर्सका सञ्चालक सिन्धुपाल्चोक इन्द्रावतीका होमप्रसाद चालिसे विरुद्ध यस्तो मुद्दा दायर गरेको हो ।
चालिसेको फर्मले मदिराको कारोबार गर्दा बिलबिजक जारी नगर्ने गरेको र यसबाट मूल्य अभिवृद्धि कर (भ्याट) तथा अन्तशुल्क छलि भएको आरोप लगाएको छ । यसबाट भ्याटतर्फ २ करोड २५ लाख रुपैयाँ तथा अन्तशुल्कतर्फ ५० लाख ३६ हजार रुपैयाँ सहित कुल २ करोड ७५ लाख रुपैयाँ बिगो कायम गरिएको छ । उक्त बिगो र त्यति नै बराबरको जरिवाना मागदाबी गर्दै उनीविरुद्ध मुद्दा दायर भएको विभागले जनाएको छ ।
चालिसे विरुद्ध शुक्रबार उच्च अदालत पाटनमा अभियोगपत्र दायर भएको विभागकी प्रवक्ता कृष्णकुमारी श्रेष्ठले जनाएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण