कांग्रेसले भन्यो– सिरहामा दलितको घर भत्काउने कार्य निन्दनीय
आइतबार, १० चैत २०८१, २० : २४
काठमाडौँ । नेपाली कांग्रेसले सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ आयोजना गर्ने सन्दर्भमा दलित समुदायका दीपक मरिकको घर भत्काउने कार्य सामाजिक रुपमा निन्दनीय र कानूनी रुपमा दण्डनीय अपराध भएको निष्कर्ष निकालको छ ।
आइतबार बसेको केन्द्रीय कार्यासम्पादन समितिको बैठकले उक्त घटनाको घोर भत्सर्ना गर्दै दोषी माथि कारबाही गर्न सरकारसँग माग गरेको छ ।
आजको नेपाली समाजमा जातका आधारमा छुवाछूतजन्य भेदभाव गर्नु अत्यन्तै दुःखद घटना भएको समेत कांग्रेसले बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसले आगामी दिनमा यस प्रकारका भेदभावजन्य कार्यलाई निरुत्साहित गर्न सकारसँग आग्रह समेत गरेको छ ।
साथै, कांग्रेसले देशैभरि जातीय भेदभाव र छुवाछूतजन्य कार्यका विरुद्ध सामाजिक अभियान संचालनमा लाग्न पार्टी पंक्तिलाई आह्वान समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण