कांग्रेसले भन्यो– सिरहामा दलितको घर भत्काउने कार्य निन्दनीय
आइतबार, १० चैत २०८१, २० : २४

काठमाडौँ । नेपाली कांग्रेसले सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ आयोजना गर्ने सन्दर्भमा दलित समुदायका दीपक मरिकको घर भत्काउने कार्य सामाजिक रुपमा निन्दनीय र कानूनी रुपमा दण्डनीय अपराध भएको निष्कर्ष निकालको छ ।
आइतबार बसेको केन्द्रीय कार्यासम्पादन समितिको बैठकले उक्त घटनाको घोर भत्सर्ना गर्दै दोषी माथि कारबाही गर्न सरकारसँग माग गरेको छ ।
आजको नेपाली समाजमा जातका आधारमा छुवाछूतजन्य भेदभाव गर्नु अत्यन्तै दुःखद घटना भएको समेत कांग्रेसले बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसले आगामी दिनमा यस प्रकारका भेदभावजन्य कार्यलाई निरुत्साहित गर्न सकारसँग आग्रह समेत गरेको छ ।
साथै, कांग्रेसले देशैभरि जातीय भेदभाव र छुवाछूतजन्य कार्यका विरुद्ध सामाजिक अभियान संचालनमा लाग्न पार्टी पंक्तिलाई आह्वान समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पृथ्वीबारे १० रोचक तथ्य
-
एउटा सिनमा २२ टेक दिनुपर्दा वर्षालाई ज्वरो..
-
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
संसदीय अभ्यासलाई पारदर्शी र जनमुखी बनाउन प्रेस जगतको खबरदारी आवश्यक छ : अध्यक्ष दाहाल
-
'एकता महाधिवेशन'मा हाम्रो संलग्नता छैन : बद्री केसी पक्ष