सिरहा विभेद घटना : गाउँपालिका अध्यक्ष र पूर्व वडाध्यक्षलाई थुनामा राखेर अनुसन्धान गर्न म्याद थप

सिरहा । सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा जातीय विभेद गरिएको घटनामा पक्राउ परेका गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवलाई थुनामा राखेर अनुसन्धान गर्न अदालतबाट पाँच दिनको म्याद थप भएको छ ।
जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरमा पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि आज सिरहा जिल्ला अदालतले पाँच दिन म्याद दिएको हो । शुक्रबार पक्राउ परेका दुवै जनालाई आज जिल्ला अदालतबाट आवश्यक अनुसन्धानको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए ।
यही चैत १७ देखि आयोजना हुने भनिएको महायज्ञका नाममा गत फागुन १० गते अछुत भन्दै महायज्ञस्थलमा रहेको स्थानीय दीपक मल्लिकको घर भत्काइएको थियो । गाउँपालिका अध्यक्ष, पूर्ववडाध्यक्ष र बजरङ्गी बाबाले डोजर लगाएर भत्काइदिएको भनेर घटना सार्वजनिक भएको थियो । घर भत्काएपछि उक्त घरले चर्चेको जमिनको माटोसमेत ताछेर फालेपछि जातीय विभेद गरेको भन्दै विरोध भइरहेको छ ।
घटनामा संवेदनशील नभएको भन्दै गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई शुक्रबार नै मन्त्रालय तानिसकेको छ । यसैगरी राष्ट्रिय मानवअधिकार आयोग तथा राष्ट्रिय दलित आयोगले घटनाको अनुसन्धान अगाडि बढाएका छन् । घटनामा सङ्लग्न बजरङ्गी बाबा भने फरार रहेकाले खोजी भइरहेको प्रहरी उपरीक्षक पण्डितले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य
-
चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा
-
सोमबार प्रचण्ड सुर्खेत आउँदै, वाइसीएलको प्रदेश सम्मेलनमा सहभागी हुने
-
भारतविरुद्ध आक्रमणको घोषणालगत्तै पाकिस्तानी प्रधानमन्त्रीले बोलाए कमान्ड प्राधिकरणको बैठक
-
शिक्षक आन्दोलनबाट पढाइमा भएको क्षति हिउँदे वा वर्षे बिदाबाट आपूरण गर्न महासङ्घको आग्रह
-
पाकिस्तानद्वारा भारतविरुद्ध प्रत्याक्रमणको घोषणा