बिहीबार, २५ वैशाख २०८२
ताजा लोकप्रिय
आईपीएल

हैदराबाद र राजस्थानबिचको खेलमा रनको वर्षासँगै कुन-कुन रेकर्ड तोडिए ?

सोमबार, ११ चैत २०८१, ०६ : ५५
सोमबार, ११ चैत २०८१

हैदराबाद । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को दोस्रो खेलमा सनराइजर्स हैदराबादले ४४ रनको  जित हासिल गरेको छ। पहिले ब्याटिङ गर्दै हैदराबादले राजस्थान रोयल्सलाई २८७ रनको लक्ष्य दिएको थियो, जुन उनीहरूले निर्धारित २० ओभरमा पूरा गर्न सकेनन्।

हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा खेलिएको यो खेलमा राजस्थानले लक्ष्य पछ्याउँदै छ विकेट गुमाउँदै २४२ रन मात्र बनाउन सक्यो ।राजस्थानका लागि ध्रुव जुरेलले सर्वाधिक ७० रन बनाए। उनले ३५ बलमा छ छक्का र पाँच चौकाको मद्दतले यो इनिङ खेले।

टोलीका लागि संजु सामसनले ३७ बलमा ६६, हेटमायरले २३ बलमा ४२ रन र शुभम दुबेले ११ बलमा अविजित ३४ रन बनाए।

398276

यसअघि राजस्थान रोयल्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। सनराइजर्स हैदराबादले २० ओभरमा ६ विकेट गुमाउँदै २८६ रन बनायो।

हैदराबादका लागि इशान किशनले ४७ बलमा ११ चौका र ६ छक्काको मद्दतले अविजित १०६ रन बनाए। यस इनिङका लागि उनी प्लेयर अफ द म्याच चुनिएका छन्।

त्यस्तै, ट्राभिस हेडले ३१ बलमा ६७ रन, हेनरिक क्लासेनले १४ बलमा ३४ रन र नितिश कुमार रेड्डीले १५ बलमा ३० रन बनाए।

राजस्थान रोयल्सका लागि तुषार देशपाण्डेले सर्वाधिक तीन विकेट लिए भने सनराइजर्स हैदराबादका लागि सिमरजीत सिंह र हर्षल पटेलले दुई-दुई विकेट लिए।

यस खेलमा थुप्रै रेकर्डहरु बनेका छन् । ती मध्ये केही यस्ता छन् :

  • २८६/६ - राजस्थान रोयल्स विरुद्ध सनराइजर्स हैदराबादले बनाएको स्कोर आईपीएलमा दोस्रो उच्चतम स्कोर हो । उनीहरूले आफ्नै रेकर्ड बराबरी गर्न एक रनले चुके।
  • २४२/६ - हैदराबादविरुद्ध ६ राजस्थानले बनाएको कुल स्कोर आईपीएलमा उनीहरूको उच्चतम स्कोर हो । यसअघि सन् २०२० मा उनीहरुले किंग्स इलेभन पञ्जाबविरुद्ध ६ विकेटमा २२६ रन बनाएका थिए।
  • ५२८ - हैदराबाद र राजस्थानद्वारा बनाइएको कुल रन । टी-२० खेलमा दुई टोलीले बनाएको यो दोस्रो उच्चतम योगफल हो । गत वर्ष बेंगलुरुमा भएको आईपीएल खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु र हैदराबादले ५४९ रन बनाएका थिए ।
  • ४ - आईपीएलमा हैदराबादले बनाएको २५० भन्दा बढीको योगफलको संख्या । सबै २०२४ को सुरुवातदेखि नै बनेका हुन्। आईपीएलको शीर्ष पाँच योगफलमध्ये चार वटा उनीहरूको नाममा छ । पुरुष टी-२० मा हैदराबाद चार वटा २५० भन्दा बढीको योगफल बनाउने एक मात्र टोली हो।
  • ३४ - राजस्थानविरुद्ध हैदराबादका ब्याट्सम्यानहरूले ३४ चौका प्रहार गरे । पुरुष टी-२० को एक इनिङमा यो सबैभन्दा धेरै हो ।
  • २०८ - राजस्थानविरुद्ध हैदराबादले बाउन्ड्रीमा बनाएको रन। आईपीएलको एक इनिङमा बैंगलुरुले मात्र योभन्दा बढी रन बनाएको छ । सन् २०१३ मा पुणे वारियर्स विरुद्ध ५ विकेटको क्षतिमा २६३ रनमा २१० रन बाउन्ड्रीबाट बनेका थिए । गत वर्ष बैंगलुरुविरुद्ध २८७ रनको कीर्तिमानी रन बनाएको हैदराबादले बाउन्ड्रीमा २०८ रन नै हिर्काएको थियो ।
  • ८१ - हैदराबाद र राजस्थानका ब्याट्सम्यानहरूले प्रहार गरेको बाउन्ड्रीको संख्या । ५१ चौका (हैदराबाद ३४, राजस्थान १७) र ३० छक्का (हैदराबाद १२, राजस्थान १८) - जुन टी-२० खेलमा सबैभन्दा धेरै बाउन्ड्रीको रेकर्डको बराबरी हो। दक्षिण अफ्रिका र वेस्ट इन्डिजले सन् २०२३ को सेन्चुरियन टी-२० अन्तर्राष्ट्रियमा मा ८१ बाउन्ड्री प्रहार गरेका थिए । त्यस्तै बैंगलुरु र हैदराबादले सन् २०२४ मा ८१ बाउन्ड्री प्रहार गरेका थिए ।

jofra archer

  • ७६ - जोफ्रा आर्चरले आफ्नो चार ओभरमा खर्चेको रन । यो आईपीएलको सबैभन्दा महँगो स्पेल हो । उनले गत वर्ष दिल्ली क्यापिटल्स विरुद्ध मोहित शर्माले दिएको ७३ रनको रेकर्डलाई उछिनेका छन् ।
  • १४.१ - हैदराबादले राजस्थान विरुद्ध २०० पार गर्न लगाएको ओभर । आईपीएलमा यो संयुक्त रूपमा सबैभन्दा छिटो हो । यसअघि सन् २०१६ मा किंग्स इलेभेन पञ्जाबविरुद्ध बैंगलुरुको रेकर्डको बराबरी हो ।
  • ९४/१ - आइतबार हैदराबादको पावरप्ले स्कोर आईपीएलमा पाँचौँ उच्च हो । आईपीएलमा शीर्ष पाँच पावरप्ले योगफलमध्ये तीन हैदराबादको नाममा छ । जसमा शीर्ष दुई पनि समावेश छन्।

ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025 ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप