युद्ध विराम गराउने अमेरिकी प्रयास : साउदी अरबमा रुस र युकेनका अधिकारीसँग छलफल
रियाद । अमेरिकी वार्ताकारहरूले सोमबार साउदी अरबको राजधानी रियादमा युक्रेनी अधिकारीहरूसँग भेट्दैछन् । सोमबारै अमेरिकी टोलीले रुसी टोलीसँग पनि छुट्टै कुराकानी गर्दैछन् । युक्रेनमा तत्कालै आंशिक युद्ध विराम गराउने कोसिसमा अमेरिका छ । आंशिक युद्ध विराम लागू भएपछि विस्तृत शान्ति सम्झौताका लागि पहल गरिनेछ । साउदीमा हुने यी वार्तालाई महत्वका साथ हेरिएको छ ।
‘मैले महसुस गरेको छु कि उनी (पुटिन) शान्ति चाहन्छन्,’ युक्रेनका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यक्तिगत दूत स्टिभ विटकफले हालै भनेका थिए ।
सोमबार साउदी अरबमा वास्तविक प्रगति देख्न पाइने आशा उनले व्यक्त गरेका थिए । तर रुस सरकारका प्रवक्ता डिमिट्री पेस्कोभले चाहिँ उनको आशामाथि पानी खन्याएका छन् । ‘हामी यो बाटोको प्रस्थान बिन्दुमा मात्रै छौँ,’ रुसको सरकारी टिभी च्यानलसँगको कुराकानीमा उनले भने । शनिवार राति युक्रेनमाथि रुसले अहिलेसम्मकै सबैभन्दा ठुलो आक्रमण गरेको थियो । यस आक्रमणमा परेर पाँच वर्षीय बालिकासमेत तीन जनाको मृत्यु भएको थियो ।
यता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार साँझ देशवासीलाई गरेको सम्बोधनमा भनेका थिए, ‘हामीहरूले आक्रमण रोक्ने हो भने पुटिनलाई धक्का दिने वास्तविक आदेश दिन जरुरी छ ।’
उनले अगाडि भनेका थिए, ‘जसले यो युद्ध सुरु गरेको हो उसले नै यसलाई भगाउनै पर्छ ।’ तर रुसलाई युद्ध विराम सम्झौतामा हस्ताक्षर गर्ने कुनै हतार नभएको देखिन्छ । अमेरिकाले पेस गरेको ३० दिने युद्ध विरामसम्बन्धी सम्झौतामा सहमति गर्नु अघि पुटिनले अनेकौँ सर्त र उपसर्तहरू थपिरहेका छन् । रियादमा आइतबार राति सकिएलगत्तै अमेरिका र युक्रेन बिच वार्ता हुनेछ ।
वार्ता साउदी अरबको सबैभन्दा महँगो मध्ये एक होटेलमा बन्द ढोकाभित्र हुनेछ । युक्रेनी रक्षामन्त्री रुस्तम उमेरोभको नेतृत्वमा एउटा टोली साउदी पुग्दै छ । ऊर्जा केन्द्र र संवेदनशील पूर्वाधारको सुरक्षा कसरी गर्ने भन्नेबारे प्राविधिक छलफल हुने उनले बताए ।
कृष्ण सागरमा ढुवानी मार्गबारे पनि छलफल भइरहेको बताइएको छ । आफूमाथिको प्रतिबन्ध हट्यो भने यक्रुेनसँगको अन्न ढुवानी सम्झौतालाई बिउँताउनेमा रुसले चासो देखाएको खबर पनि आइरहेको छ । हालैका दिनमा रुस र युक्रेनले एक अर्काका पूर्वाधारलाई लक्षित गरेर व्यापक क्षति पुर्याइरहेकै समयमा वार्ता हुन लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण