कर्णाली प्रदेशले दिएको लक्ष्य ३९ बलमै पुरा गर्यो बागमती प्रदेशले
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सोमबार सम्पन्न खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशलाई नौ विकेटको फराकिलो अन्तरले हराएको छ । यी दुबै टोली यसअघि नै उपाधि होडबाट भने बाहिरिइसकेका छन् ।
जारी प्रतियोगितामा हालसम्म आठ खेल खेलेको बागमती प्रदेशको यो चौथो जित हो । चार खेलमा भने बागमती प्रदेश पराजित भएको छ । आठ खेल खेलेको कर्णाली प्रदेशको यो चौथो हार हो । चार खेलमा कर्णाली प्रदेश विजयी भएको छ ।
टस जिती पहिले ब्याटिङको निर्णय लिएको कर्णाली प्रदेशले १९.१ ओभरमै अलआउट हुनुअघि ५८ रनमात्र बनाउन सक्यो । बागमती प्रदेशले भने ६.३ ओभरमै केवल एक विकेट गुमाएर ६२ रन बनाउँदै विजयलक्ष्य पार गर्यो । यसअघि कुनै पनि टोलीले यति कम ओभरमा विजयलक्ष्य पुरा गरेको थिएन ।
जारी प्रतियोगितामा पहिले ब्याटिङ गरेर कुनै पनि टोलीले बनाएको यो दोस्रो कम योगफल हो । यसअघि कोशी प्रदेशविरुद्धको खेलमा गण्डकी प्रदेश २०.४ ओभरमै केवल ३१ रन बनाउँदै अलआउट भएको थियो । त्यो खेलमा कोशी प्रदेशले ८.२ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
दाङको लमही क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा बागमती प्रदेशको जितमा ओपनर ब्याट्सम्यान ईशान पाण्डेले २२ रनको योगदान गरे । उनले ११ बलमा एक छक्का र दूई चौका पनि हिर्काए । अर्का ओपनर आशुतोष घिरैयाले पनि २० बलमा चार चौकाको मद्दतले अविजित १९ रन बनाए ।
तेस्रो नम्बरमा क्रिज समाल्न आएका शुभ कंसाकारले नौ बलमा एक छक्का र दुई चौकाको मद्दतले अविजित १६ रन बटुले । बागमती प्रदेशले अतिरिक्त रुपमा पनि पाँच रन पायो । कर्णाली प्रदेशका बलर दीपेन्द्र रावतले एक विकेट लिए ।
त्यसअघि, कर्णाली प्रदेशका लागि एक ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सकेका थिए । ओपनर सुनिल धमलाले १५ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । कर्णाली प्रदेशले अतिरिक्त रुपमा १० रन पाएको थियो ।
बागमती प्रदेशका बलर रिजन ढकालले पाँच विकेट लिए । उनले ८.१ ओभरमा एक मेडन राख्दै केवल १९ रन खर्चिए । उनी प्लेयर अफ दि म्याच पनि घोषित भए । सूर्य तामाङले पनि चार विकेट हात पारेका थिए । उनले सात ओभरमा दुई मेडन राख्दै केवल १७ रन खर्चिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण