युक्रेन र अमेरिकाबिच साउदीमा भेटवार्ता, युद्ध अन्त्य हुनेमा अमेरिकी दूत आशावादी
रियाद । साउदी अरबको राजधानी रियादमा युक्रेन र अमेरिकी प्रतिनिधि मण्डलबिच भेटवार्ता भएको छ । वार्तामा युक्रेनको ऊर्जा उत्पादन केन्द्र र संवेदनशील पूर्वाधारलाई जोगाउने प्रस्तावमाथि छलफल भएको युक्रेनी रक्षामन्त्रीले भनेका छन् । तीन वर्षदेखि युक्रेनमा जारी युद्धलाई रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासअन्तर्गत सो वार्ता भएको हो ।
वार्तापछि युक्रेनका लागि ट्रम्पका विशेष दूत स्टिभ विटकफले दोस्रो विश्वयुद्धपछि युरोपको सबैभन्दा घातक युद्ध अन्त्य हुने आशा व्यक्त गरेका छन् । सोमबार रियादमै अमेरिका र रुसी प्रतिनिधिमण्डल पनि भेट्दैछन् । पुटिनले शान्ति चाहेको आफूले महसुस गरेको आइतबार फक्स न्यूजसँगको कुराकानीमा विटकफले भनेका थिए ।
सोमबार साउदी अरबमा साँच्चैको प्रगति देख्न पाइनेछ भन्ने आफूले लागिरहेको पनि उनले बताएका थिए । आफ्नो प्रतिनिधि मण्डल र अमेरिकी टोलीबिच वार्ता सकारात्मक तवरले भइरहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण