सर्लाहीको बलरामा बेवारिसे शव फेला, पहिचान खुल्न सकेन
सोमबार, ११ चैत २०८१, १८ : ०८
सर्लाही । सर्लाहीको बलरा नगरपालिका–१०, सुदामास्थित मनुष्मारा ब्यारेजमा एक अज्ञात पुरुषको शव फेला परेको छ। शवको पहिचान अझै खुल्न सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक बालिष्टर सिंहका अनुसार शव ब्यारेजभित्र सड्न थालेको अवस्थामा भेटिएको हो । स्थानीय बासिन्दाले ब्यारेजभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थलको प्रकृति मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ । मृतकले बक्स पाइन्ट र टि–सर्ट लगाएको भए पनि शव सडिसकेकाले हुलिया स्पष्ट हुन सकेको छैन ।
प्रहरीले शवको पहिचान खुलाउने प्रयासस्वरूप मातहतका प्रहरी युनिटलाई जानकारी गराइसकेको छ भने नजिकका गाउँहरूमा सोधपुछ जारी राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण