२५ जना उद्योगी–व्यवसायीको टोली मेघालय प्रस्थान
विराटनगर । भारतको मेघालय राज्यको सिलङमा आयोजना हुन लागेको ‘सेभेन्थ एक्ट इस्ट बिजनेस शो’ मा सहभागी हुन नेपालबाट २५ जना उद्योगी–व्यवसायीहरूको टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको छ ।
मार्च २५ देखि २७ सम्म आयोजना हुन लागेको यस व्यापारिक मेलामा नेपालका चार प्रदेशका प्रतिनिधिहरूको सहभागिता रहने छ । इन्डियन चेम्बर अफ कमर्स, मेघालय सरकार, भारत सरकारको मिनिस्ट्री अफ डेभलपमेन्ट अफ नर्थ इस्ट रिजन र इनभेष्ट इन्डियाको संयुक्त आयोजनामा हुन लागेको यस व्यापारिक प्रदर्शनीमा कोशी, बागमती, गण्डकी र मधेस प्रदेशका उद्योगी–व्यवसायीहरूले नेपालको प्रतिनिधित्व गर्नेछन् ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको समन्वय तथा पहलमा सहभागी यस प्रतिनिधिमण्डलले सूचना प्रविधि, कृषि, पर्यटन, पूर्वाधार, चिया तथा खाद्य प्रशोधन, ऊर्जा, स्वास्थ्य, शिक्षा, यातायात तथा ढुवानी पूर्वाधारजस्ता क्षेत्रहरूको प्रतिनिधित्व गर्नेछन् ।
टोलीमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका पूर्व अध्यक्ष नरेन्द्र खड्का, निवर्तमान अध्यक्ष टिकाराज ढकाल, नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य तथा मेला समिति सभापति उमेश डालमिया, केन्द्रीय सदस्य अमरेश चन्द्र बैदार सहित विभिन्न जिल्ला तथा स्थानीय उद्योग वाणिज्य संघका अध्यक्षहरू सम्मिलित छन् ।
‘यो भ्रमणले नेपाल र भारतको पूर्वोत्तर क्षेत्रबीच व्यापारिक सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष टिकाराज ढकालले बताए । ‘पूर्वोत्तर भारत नेपालका लागि महत्वपूर्ण व्यापारिक साझेदार हो र यस क्षेत्रसँगको आर्थिक सम्बन्ध विस्तार गर्न यो मेला एक उत्कृष्ट अवसर पनि हो ।’
‘सेभेन्थ एक्ट इस्ट बिजनेस शो’ मा नेपाली प्रतिनिधिमण्डलले व्यापारिक सम्झौता, प्रविधि आदानप्रदान र लगानी अवसरहरूको खोजी गर्ने अपेक्षा गरिएको छ । यस मेलामा भारतका पूर्वोत्तर राज्यहरूका अतिरिक्त म्यानमार, बङ्लादेश, भुटान र अन्य दक्षिण एशियाली देशहरूका व्यापारिक प्रतिनिधिहरूको समेत सहभागिता रहने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण