प्रेस सेन्टर कर्णाली प्रदेश अध्यक्षमा फेरि शर्मा
_xJM2HLjj2R.jpg)
सुर्खेत । नेकपा (माओवादी केन्द्र) निकट पत्रकार संगठन प्रेस सेन्टरको कर्णाली प्रदेश अध्यक्षमा फेरि प्रतीक इच्छुक शर्मा चयन भएका छन् ।
आइतबार र सोमबार प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजित तेस्रो अधिवेशनबाट उनी अध्यक्ष चयन भएका हुन् ।
अध्यक्षमा विवश कुमार सेजुवाला, हेमन्त केसी, अशोक सिंह, धर्मराज जिसी, गणेश शिर्पाली र रत्न कार्की समेत आकाङ्क्षी थिए । तर, आइतबार सर्वसम्मतको प्रयास गर्दा सफल नभएपछि माओवादी केन्द्र प्रदेश कमिटीलाई सहमति जुटाउन जिम्मा दिइएको थियो । सोहीअनुसार शर्मालाई नै सर्वसम्मत अध्यक्ष चयन गरिएको हो ।
यस्तै संगठनको उपाध्यक्षमा धर्मराज जिसी, उपेन्द्र न्यौपाने, तुलसा रोका, महासचिवमा अशोक कुमार सिंह, सचिवमा तिलकराज वली, नरजङ तामाङ, जुना कुमारी रावत, प्रिमा कुमारी विश्वकर्मा र तुलाराज चौलागाईं चयन भएका छन् ।
यस्तै कोषाध्यक्षमा कृष्ण शर्मा चयन भएका छन् भने १० जना सदस्य सर्वसम्मत चयन भएका छन् । ४ जना सदस्य पछि मनोनीत गर्ने गरी अधिवेशन सकिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यथार्थ धरातलमा टेकेर प्रदेशले बजेट ल्याउँछ : मुख्यमन्त्री आचार्य
-
आरआर क्याम्पसमा सहमतिमा स्ववियु गठन
-
रेशम पक्राउपछि महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले भन्यो - सर्वसत्तावादी हैकमवादको खुलेर विरोध गरौँ
-
विदेश पठाइदिन नसकेपछि पैसा लिने एजेन्टको अपहरण, नाबालकसहित चार जना पक्राउ
-
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा गर्बुजा नियुक्त
-
भावी बजेट : कृषि कटौतीको अर्थ के ?