प्रेस सेन्टर कर्णाली प्रदेश अध्यक्षमा फेरि शर्मा
सुर्खेत । नेकपा (माओवादी केन्द्र) निकट पत्रकार संगठन प्रेस सेन्टरको कर्णाली प्रदेश अध्यक्षमा फेरि प्रतीक इच्छुक शर्मा चयन भएका छन् ।
आइतबार र सोमबार प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजित तेस्रो अधिवेशनबाट उनी अध्यक्ष चयन भएका हुन् ।
अध्यक्षमा विवश कुमार सेजुवाला, हेमन्त केसी, अशोक सिंह, धर्मराज जिसी, गणेश शिर्पाली र रत्न कार्की समेत आकाङ्क्षी थिए । तर, आइतबार सर्वसम्मतको प्रयास गर्दा सफल नभएपछि माओवादी केन्द्र प्रदेश कमिटीलाई सहमति जुटाउन जिम्मा दिइएको थियो । सोहीअनुसार शर्मालाई नै सर्वसम्मत अध्यक्ष चयन गरिएको हो ।
यस्तै संगठनको उपाध्यक्षमा धर्मराज जिसी, उपेन्द्र न्यौपाने, तुलसा रोका, महासचिवमा अशोक कुमार सिंह, सचिवमा तिलकराज वली, नरजङ तामाङ, जुना कुमारी रावत, प्रिमा कुमारी विश्वकर्मा र तुलाराज चौलागाईं चयन भएका छन् ।
यस्तै कोषाध्यक्षमा कृष्ण शर्मा चयन भएका छन् भने १० जना सदस्य सर्वसम्मत चयन भएका छन् । ४ जना सदस्य पछि मनोनीत गर्ने गरी अधिवेशन सकिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण