सुर्खेतमा मेडिकल सञ्चालक नै लागुऔषध कारोबारमा
सुर्खेत । लागुऔषध कारोबार गरेको आरोपमा सुर्खेत प्रहरीले एक मेडिकल सञ्चालकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–७, मिलन चोकमा स्मरण मेडिकल सञ्चालन गर्दै आएका कालिकोट तिलागुफा नगरपालिका–६ का ३२ वर्षीय नन्दबहादुर शाही रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार लागुऔषध (ट्रामाडोल) कारोबार भइरहेको गोप्य सूचनाका आधारमा सोमबार बेलुका ७ बजेतिर उनको मेडिकलमा छापा मारेको थियो ।
उनको साथबाट ४ हजार ८ सय ट्याब्लेट लागुऔषध बरामद गरिएको विश्वकर्माले बताए ।
‘लागुऔषध मेडिकल रहेको घरको अर्को एक कोठाभित्र राखिएको रहेछ’ उनले भने–त्यहाँभित्र पनि ड्रममा चामल राखेर चामलभित्र लुकाई राखिएको अवस्थामा फेला परेको हो । मेडिकल सञ्चालक शाहीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको विश्वकर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण