समाचार
सरकारको निर्णयविरुद्ध अदालत जान्छु: कुलमान घिसिङ
सोमबार, ११ चैत २०८१, २२ : ५९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध अदालत जाने कुलमान घिसिङले बताएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कुलमानलाई हटाएर हितेन्द्र देव शाक्यलाई नियुक्त गरेको छ ।
सरकारको उक्त निर्णयपछि रातोपाटीसँग कुरा गर्दै कुलमानले यस्तो बताएका हुन् । उनले आफूले समाचार आएपछि यसबारे थाहा पाएको भन्दै सरकारको निर्णयविरुद्ध अदालत गएर न्याय खोज्ने बताए ।
घिसिङले सरकारले राम्रो काम गर्दा गर्दै अनावश्यक आरोप लगाएर हटाएकाले एक पटक अदालत जाने प्रतिक्रिया दिए । उनले भने,‘मैले पनि समाचारबाट थाहा पाएँ । मन्त्रीपरिषद्ले पदबाट हटाएको पत्र आउँछ होला । पत्र बुझेपछि अदालत जान्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण