ग्रुप च्याट लिक : हुथी विद्रोहीविरुद्ध ह्वाइट हाउसको आक्रमण योजना पत्रकारले थाहा पाएपछि...
काठमाडौं । ग्रुप च्याट गर्दा गर्दै अमेरिकी वरिष्ठ अधिकारीहरुको गोप्य योजना पत्रकारकोमा पुगेको खबर छ । यो घटना जानानान नभएको र अन्जानमा भएको ह्वाइट हाउसले पुष्टि गरेको छ ।
अमेरिकी वरिष्ठ अधिकारीहरु हुथी विद्रोही समूहविरुद्ध आक्रमणको योजनाबारे ग्रुपच्याटमा चर्चा गरिरहेका बेला भूलवस एक पत्रकारलाई ‘एड’ गर्न पुगेको र उक्त योजनाबारे पत्रकारले थाहा पाएको अधिकारीहरुको हवाला दिँदै बीबीसीले जनाएको छ ।
द एटलान्टिकका प्रधान सम्पादक जेफरी गोल्डबर्गले आफुलाई एन्क्रिप्टेड म्यासेजिङ एप सिग्नलमा ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्ज नामक एकाउण्टबाट रिक्वेइस्ट आएको बताएका छन् । गोल्डबर्गले लिएको स्क्रिनशर्टबाट राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्जले च्याट सार्वजनिक भएको एक जवाफमा इमोजी प्रयोग गरेको देखिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुलाई ग्रुप च्याटबारे केही थाहा नभएको बताएका छन् । सिनेटका डेमोक्रेटिक नेता चक शूमरले आश्चर्यजनक उल्लंघनको जाँचका लागि आग्रह गर्दा रिपब्लिकन सभामुख माइक जोनसन ट्रम्प प्रशासनको पक्षमा उभिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण