सबै खेल जित्दै आएको पुलिसले कर्णालीलाई दियो १४८ रनको लक्ष्य
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा हालसम्म सबै खेल जित्दै आएको विभागीय टोली नेपाल पुलिस क्लबले आफ्नो पछिल्लो खेलमा भने कर्णाली प्रदेशलाई जितका लागि केवल एक सय ४८ रनको लक्ष्य दिएको छ ।
जारी प्रतियोगितामा पुलिस क्लबको यो आठौँ खेल हो । पुलिस क्लब यसअघि आफूले खेलेको सातवटै खेलमा विजयी भएको छ । आफूले खेलेको सबै खेल जित्ने पुलिस क्लब एकमात्र टोली पनि हो । पुलिस क्लब १४ अंकसहित तालिकाको पहिलो स्थानमा छ ।
कर्णाली प्रदेशले भने जारी प्रतियोगितामा आफ्नो अन्तिम खेल खेलेको हो । कर्णाली प्रदेश यसअघि आफूले खेलेको आठमध्ये चार खेलमा विजयी र चार खेलमा पराजित भएको छ । कर्णाली प्रदेश यसअघि नै उपाधि होडबाट भने बाहिरिइसकेको छ ।
दाङको लमहीस्थित क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको पुलिस क्लबले ४८ ओभरमा अलआउट हुनुअघि एक सय ४७ रन बनाएको हो । पुलिस क्लबका चार ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सके ।
ओपनर अर्जुन साउदले ३६ रन बनाए । विकेटकिपर ब्याट्सम्यान अर्जुनले ६० बलमा एक छक्का र चार चौका पनि हिर्काए । मध्यक्रमका ब्याट्सम्यान दिलिप नाथले पनि ३४ रन जोडे । उनले ५९ बलमा दुई चौका प्रहार गरे ।
तल्लो क्रमका ब्याट्सम्यान सागर ढकालले अविजित २२ रन बटुले । उनले २८ बलमा एक चौका प्रहार गरे । श्रवण यादवले ११ रन बटुले । पुलिस क्लबका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पुलिस क्लबले अतिरिक्त रुपमा पनि १३ रन पायो । कर्णाली प्रदेशका बलर अनुज चनराले चार विकेट लिए । उनले १० ओभरमा दुई मेडन राख्दै २९ रन खर्चिए । दिवान पुनले पनि तीन विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण