रोनाल्डोले उम्मेदबारी त्यागेपछि ब्राजिलियन फुटबल महासंघको अध्यक्षमा रोड्रिग्स पुनःनिर्वाचित
काठमाडौँ । ब्राजिलियन फुटबल महासंघको अध्यक्षमा एडनाल्डो रोड्रिग्स पुनःनिर्वाचित भएका छन् । ब्राजिलियन टोलीका चर्चित पूर्वखेलाडी रोनाल्डो नाजारियोले अध्यक्ष पदमा उनलाई चुनौति दिने बताइएको थियो ।
तर, अन्तिम समयमा आएर रोनाल्डोले अध्यक्ष पदमा नउठ्ने निर्णय लिएपछि वर्तमान अध्यक्ष रोड्रिग्स नै पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष पदको लागि भएको मतदानमा खसेको सबै ६७ मत नै रोड्रिग्सले पाए ।
ब्राजिलियन फुटबल महासंघको अध्यक्ष पदका लागि हुने निर्वाचनमा खसेको सबै मत प्राप्त गर्ने उनी पहिलो व्यक्ति पनि बनेका छन् । ‘ब्राजिलियन फुटबलभित्र अतुलनीय एकता छ भन्ने कुरा यो निर्वाचनले देखाउँछ । म सबैप्रति आभारी छु,’ अध्यक्षमा पुनःनिर्वाचित भएपछि ७१ वर्षीय रोड्रिग्सले भनेका छन् ।
ब्राजिलले सन् २०२७ मा फिफा महिला विश्वकप आयोजना गर्दैछ । अब यो विश्वकपलाई सफल पार्ने दायित्व पनि रोड्रिग्सकै काँधमा आएको छ । रोड्रिग्सको दोस्रो कार्यकाल आधिकारीक रुपमा सन् २०२६ को अप्रिलदेखि सुरु हुनेछ ।
उनी सन् २०३० सम्म पदमा रहने छन् । उनले पहिलो पटक सन् २०२१ मा अन्तरिम अध्यक्षको जिम्मेबारी सम्हालेका थिए । ब्राजिललाई दुईपटक फिफा विश्वकपको उपाधि चुमाउने रोनाल्डोले भने मार्च १२ मा आफ्नो उम्मेदबारी त्यागेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण