झापामा महिलाको शंकास्पद मृत्यु, श्रीमान पक्राउ
काठमाडौं । झापाको कन्काई नगरपालिका–५ स्थित नारायणदल चोकमा ४० वर्षीया मनिषा लिम्बुको शंकास्पद मृत्यु भएको छ । मंगलबार बिहान आफु बस्ने घरको बार्दलीमा लिम्बु मृत अवस्थामा फेला परेकी थिइन् । उनको घाँटीमा चोट देखिएको झापाका एसपी मिलन केसीले रातोपाटीलाई बताए ।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले उनका श्रीमान् ३९ वर्षीय लालबहादुर मग्रातीलाइ पक्राउ गरेको छ । नारायाणदल चोकस्थित एक घरको आँगनसँगैको टहरमा बस्ने उनीहरु मदजुरी गर्दै आएका थिए ।
सो घरमा २ वर्षदेखी बस्दै आएका उनीहरुबीच मंगलबार राति झगडा परेपछि लिम्बुले आत्महत्या गरेको हुनसक्ने अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । घटनास्थलमा मोबाइल फुटेको अवस्थामा भेटिएको छ । ईलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले झगडा हुँदा मोबाइल फुटेको हुनसक्ने बताए ।
राति झगडा गरेको र बिहान पत्नी झुण्डिएको देखेपछि लालबहादुरले नै सल फुकाएको स्थानीयलाई बताएको र पत्नीको मृत्यु भएको भनेर उनले खबर गरेपछि स्थानीय घटनास्थलमा पुगेका हुन् ।
चक्कु र खुकुरीले लालबहादुर आफैंले घाँटी रेटेको प्रहरीले शंका गरेको छ । डीएसपी विष्ट भन्छन्, ‘लालबहादुरले पनि आत्महत्या प्रयास गरेको आशंका छ, हामी अनुसन्धान गर्दैछौँ।’ चक्कु र खुकुरी प्रहरीले बरामद गरेको छ । मृतकको शव परिक्षणको लागि धरानमा पठाइएको डीएसपी विष्टले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण