नागेन्द्र र रचनाको ‘यती माया गरुकी तिमीलाई’ सार्वजनिक
बुधबार, १३ चैत २०८१, ०८ : २५
काठमाडौँ । गायक तथा सङ्गीतकार नागेन्द्र श्रेष्ठ र गायिका रचना रिमालको स्वर रहेको नयाँ गीत ‘यती माया गरुकी तिमीलाई’ सार्वजनिक भएको छ । सिएल शर्माका शब्द, गायक श्रेष्ठकै सङ्गीत रहेको गीतमा याकुब तामाङको एरेन्ज छ ।
गीतको भिडियोमा प्रविन डिसी र समीक्षा न्यौपानेको अभिनय देख्न सकिन्छ । एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कथा भिडियोमा समेटिएको छ ।
जश बहादुर याक्ख्याको निर्देशन रहेको भिडियोमा कालिन्चोकका विभिन्न स्थानमा छायाङ्कन गरिएको हो । भिडियोमा ज्ञानेन्द्र हुमागाई र सन्तोष तिमल्सिनाको छायाङ्कन, मिन रावलको सम्पादन छ ।
गायक श्रेष्ठका उनका आधा दुख घटाएर, तिमी बिना, तिमी सुस्तरी, बाँचुन्जेल, उड्ने रहर लगायत दर्जनौँ गीत यसअघि सार्वजनिक भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण