नागेन्द्र र रचनाको ‘यती माया गरुकी तिमीलाई’ सार्वजनिक
बुधबार, १३ चैत २०८१, ०८ : २५

काठमाडौँ । गायक तथा सङ्गीतकार नागेन्द्र श्रेष्ठ र गायिका रचना रिमालको स्वर रहेको नयाँ गीत ‘यती माया गरुकी तिमीलाई’ सार्वजनिक भएको छ । सिएल शर्माका शब्द, गायक श्रेष्ठकै सङ्गीत रहेको गीतमा याकुब तामाङको एरेन्ज छ ।
गीतको भिडियोमा प्रविन डिसी र समीक्षा न्यौपानेको अभिनय देख्न सकिन्छ । एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कथा भिडियोमा समेटिएको छ ।
जश बहादुर याक्ख्याको निर्देशन रहेको भिडियोमा कालिन्चोकका विभिन्न स्थानमा छायाङ्कन गरिएको हो । भिडियोमा ज्ञानेन्द्र हुमागाई र सन्तोष तिमल्सिनाको छायाङ्कन, मिन रावलको सम्पादन छ ।
गायक श्रेष्ठका उनका आधा दुख घटाएर, तिमी बिना, तिमी सुस्तरी, बाँचुन्जेल, उड्ने रहर लगायत दर्जनौँ गीत यसअघि सार्वजनिक भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा पहिलो पटक तीन सुपर ओभर
-
१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर
-
तेस्रो सुपर ओभरमा नेदरल्यान्डसँग नेपाल पराजित
-
एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द